भुकम्पीय मूल्यांकन तथा रेट्रोफिटिङ बारे प्राविधिक सेमिनार

Technology Khabar ६ आश्विन २०७२, बुधबार

भुकम्पीय मूल्यांकन तथा रेट्रोफिटिङ बारे प्राविधिक सेमिनार

काठमाडौं ।

काठमाडौं, ६ असोज । भारतीय कम्पनी ऐमिल लिमिटेडले काठमाडौंमा ‘भुकम्पीय मूल्यांकन तथा रेट्रोफिटिङ–भुकम्प पहिले र पछि’ विषयमा प्राविधिक सेमिनारको आयोजना गरेको छ ।

शहरी विकास मन्त्री माननीय डा. नारायण खड्काले उद्घाटन गरेको प्राविधिक सेमिनार भुकम्प हुनु अघि र पछिको समयमा कसरी रेट्रोफिटिङ गर्ने भन्ने सम्बन्धमा केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

हालै विनाशकारी भुकम्पको मारबाट विस्तारै सामान्य हुँदै गएको नेपालका लागि यो विषय अत्यन्तै सान्दर्भिक रहेको सेमिनारका वक्ताहरुले बताएका थिए ।

सेमिनामा ऐमिलका निर्देशक डा. भी. एम. शर्मा र आइआईटी रुड्कीको भुकम्प इञ्जिनियरिङ विभागका प्रमुख एम. एल. शर्मा मुख्य वक्ताका रुपमा रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सन् १९३२ मा स्थापना भएको ऐमिल लिमिटेड सिभिल इञ्जिनियरिङमा आवश्यक पर्ने उपकरणहरुको निर्माता कम्पनी हो ।

easy care

प्रकाशित: ६ आश्विन २०७२, बुधबार