जियोनीले ल्यायो “गेट स्मार्ट” दशैँ तिहार अफर

Technology Khabar ५ आश्विन २०७२, मंगलवार

जियोनीले ल्यायो “गेट स्मार्ट” दशैँ तिहार अफर

काठमाडौं ।

काठमाडौं, ५ भदौ । टेलिकम्युनिकेसन सामग्री निर्माणमा अग्रपङ्क्तिमा रहेको कम्पनी जियोनीले “गेट स्मार्ट” दशैँ तिहार अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत, यो दशैँ तिहार जियोनीले आफ्ना केहि उत्कृष्ट मोडेलमा क्यास ब्याक अफरको व्यवस्था गरेको छ ।

ग्राहकहरुले जियोनीका ४ उत्कृष्ट मोडेल – इलाइफ एस ७, जियोनीको सबैभन्दा नयाँ डुअल ब्याट्री फोन म्याराथन एम ५, म्याराथन एम ३, र पायोनियर पि ६ मा क्यास ब्याक अफर प्राप्त गर्नेछन् । क्यास ब्याक पायोनियर पि ६ मा रु. १४०० देखि इलाइफ एस ७ मा रु. ३००० सम्म उपलब्ध हुनेछ ।

यसको साथसाथै जियोनीले २ नयाँ मोडेल पायोनियर पि ३ एस र एफ १०३ पनि रु. ८,९९९ र रु. १५,९९९ को आगमन मूल्यमा ल्याएको छ ।

जियोनीको “गेट स्मार्ट” अफर असोज ५ देखि कार्तिक ३० गतेसम्म बजारमा उपलब्ध हुने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ५ आश्विन २०७२, मंगलवार

तपाइको प्रतिक्रिया