हुवावेको नेक्सस ६पीमा १२८ जीबीको आन्तरिक स्टोरेज

Technology Khabar ४ आश्विन २०७२, सोमबार

हुवावेको नेक्सस ६पीमा १२८ जीबीको आन्तरिक स्टोरेज
Classic Tech

काठमाडौं, ४ असोज । हुवावेले गूगलको नेक्सस फोन बनाउन लागेको चर्चा धेरै पहिलेदेखि संचारमाध्यममा आईसकेको छ । त्यहि नेक्सस सिक्स पी (Nexus 6P) फ्याबलेटमा १२८ जीबीको आन्तरिक स्टोरेज हुने समाचार सार्वजनिक भएको छ । एन्ड्रोयड पुलिसको रिपोर्टअनुसार हुवावेले बनाउने नेक्सस सिक्स पी फ्याबलेटमा १२८ जीबी स्टोरेज रहेको हो । अहिले यससँग तुलनाको गर्नका लागि मोटोरोलाको नेक्सस ६ मा ३२ जीबी तथा ६४ जीबीको क्षमता थप गर्न नसकिने स्टोरेज रहेको छ ।Nexus-6-2015-huawei-leak

हुवावेको १२८ जीबी भर्सनका साथै हुवावेले नेक्सस सिक्स पीको ३२ जीबी तथा ६४ जीबी मेमोरी स्टोरेजसहितको फ्याबलेट उपलब्ध गराउनेछ, जसको मूल्य करिब ५० डलरदेखि १०० डलरको बिचमा फरक हुनेछ । गूगलको आउन लागेको नयाँ फ्याबलेटमा मेमोरी कार्ड स्लट फीचर नहुने संभावना रहेको छ । नेक्सस ६पीमा क्वालकम स्न्यापड्रयागन ८१० चीपसेट, ३ जीबीको र्याम हुनेछ भने यसको डिस्प्ले ५.७ इन्चको क्यूएचडी हुने चर्चा चलिरहेको छ ।

हुवावेको पहिलो नेक्सस डिभाइस एलजीको नेक्सस ५ एक्स (Nexus 5X) सँगसँगै यहि सेप्टेम्बर २९ तारिखमा सान फ्रान्सिस्कोमा हुने समारोहमा सार्वजनिक गरिनेछ ।

यसैबिच गूगलको आउन लागेका दुई नेक्सस फोनहरुको बारेमा निकै चर्चा चलिरहेको छ । यसमध्येको एलजीले बनाउने नेक्सस ५ एक्सको डिस्प्ले ५ इन्चको हुनेछ ।

प्रकाशित: ४ आश्विन २०७२, सोमबार

Comments are closed.

Loading...