Technology Khabar ३ आश्विन २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, ३ असोज । तोशिवाले विण्डोज १० मा आधारित अल्ट्रा कम्प्याक्ट ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले टू ईन वान ल्यापटप सेटेलाईट क्लिक १० (Satellite Click 10) हालै सार्वजनिक गरेको हो । यो ल्यापटपलाई कीबोर्ड हटाएर ट्याबलेटको जस्तै प्रयोग गर्न पनि सकिन्छ ।
यो ल्यापटपमा १०.१ इन्चको मल्टीटच सपोर्ट भएको एचडी स्क्रीन रहेको छ भने इन्टेल एटोम एक्स ५ (Intel Atom X5) प्रोसेसर राखिएको छ । कीबोर्डसँगै उपलब्ध हुने यो ल्यापटपमा २ जीबीको र्याम रहेको छ । यो ल्यापटप ३२ जीबी तथा ६४ जीबी इन्टरनल स्टोरेजको स्पेस भेरिएन्टका साथमा उपलब्ध हुनेछ, जसलाई एसडी कार्डको सहयोगबाट बढाउन सकिन्छ ।
तोशिवाका अनुसार यसको केहि फीचरले यो डिभाइसलाई विशेष बनाएको छ । यसमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो ल्यापटपमा मल्टी डाईरेक्शनल माइक्रोफोन छ भने ७ घण्टासम्मको ब्याकअप दिने ब्याट्री राखिएको छ ।
तोशिवाका प्रोडक्ट मार्केटिंग डाईरेक्टर फिलिप ओसाकोले भने, ‘सेटेलाईट क्लिक १० एक हाई पोर्टेबल डिभाइस हो जसलाई सजिलैसँग ल्यापटपबाट ट्याबलेटमा परिवर्तन गर्न सकिन्छ ।’
यो ल्यापटपमा विशेषगरि माइक्रोसफ्टको डिजिटल असिस्टेन्टको लागि एक विशेष की दिईएको छ । जसको सहयोगबाट यूजरले एक क्लिकमै कोर्टानाको प्रयोग गर्न सक्दछ । यो ल्यापटप कम ट्याबलेटको साथमा माइक्रोसफ्ट मोबाइल अफिस सफ्टवेयर पनि इन्टल्ड गरिएको हुनेछ । तोशिवाले यो टच ल्यापटपको मूल्य ३४९.९९ अमेरिकी डलर तोकेको छ ।
प्रकाशित: ३ आश्विन २०७२, आईतवार