Technology Khabar ३ आश्विन २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, ३ भदौ । केहि समय अघि मात्र यूनीक हेडसेट सार्वजनिक गरेको माइक्रोम्याक्स ब्राण्ड यू ले हालै पावर ब्यांक सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले ज्यूस (Jyuice) नामका पावर ब्यांक सार्वजनिक गरेको हो ।
यो पावर ब्यांक ५,००० एमएएच तथा १०,००० एमएएच ब्याट्री क्षमताको साथमा उपलब्ध छ । यसको मूल्य भारतमा क्रमशः ६९९ तथा १,०९९ भारु तोकिएको छ ।
कम्पनीको पावर ब्यांक ज्यूस (Jyuice) केबल अनलाइन स्टोर स्न्यापडीलमा मात्र खरिद गर्न सकिन्छ । जूस पावर ब्यांक सिल्भर ग्रे रंगमा उपलब्ध रहेको छ ।
माइक्रोम्याक्सको पावर ब्यांकमध्ये ५,००० एमएएच ब्याट्री भएको पावरब्यांक ७.९ एमएम मोटाईको तथा १०,००० एमएएच ब्याट्री भएको पावर ब्यांकको मोटाई १२.५ एमएम मात्र रहेको छ ।
प्रकाशित: ३ आश्विन २०७२, आईतवार