Technology Khabar ३ आश्विन २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, ३ असोज । नेपाली जुत्ता घरको आयोजनामा जमल, महाराजगञ्ज, नमस्ते सुपरमार्केट, पूल्चोक र कुमारीपाटीका शोरुमहरुमा भइरहेको समरसेल मेला असोज १० गतेसम्म हुने भएको छ । समरसेल मेला गत साउन २१ गतेदेखि स्टक रहुन्जेल सम्मको लागि सञ्चालन गरिएको थियो ।
नेपाली जुत्ताघर अन्र्तगत नेपालका चर्चित एवं बं्राण्डेड जुत्ता उत्पादक कम्पनीहरु बी.एफ.डियर हिल सुज, शिखर सुज, क्रस रोड, स्काई सुज, सफ्टटच सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गस्, इजी सुज र सु ल्याण्ड ब्राण्डका जुत्ता÷चप्पल कम्पनीहरुको सहभागीता रहेको छ । यो समर सेल नेपाली जुत्ता घरको आयोजनामा गरिएको पहिलो संस्करण हो ।
यस मेलालाई उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास कम्पनीले लिएको छ । यस समरसेल मेलामा गर्मीेयामलाई लक्षित गरि विभिन्न जुत्ता÷चप्पलहरुमा भारी छुट दिइएको छ भने नजिकिँदै गरेको दशै तिहारलाई लक्षित गरि बजारमा ल्याईएका विभिन्न कम्पनीका नयाँ मोडलका जुत्ता तथा चप्पलमा समेत विशेष छुटको व्यवस्था गरिएको बताईएको छ ।
मेलामा रु. ३००, ५००, ७०० र १००० देखि ३००० सम्मको जुत्ता तथा चप्पलहरु उपोभोक्ताले खरिद गर्न सक्नेछन् । मेलामा कम्पनीहरुले जुत्ता तथा चप्पलको खुद्रा मुल्यमा ७० प्रतिशतसम्म छुट दिइएको छ । समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पल हरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको छ । मेला अवधिमा बन्द र हड्तालका बिच केहि दिन अवरोध भएता पनि नयाँ संविधान आउने भएसंगै केहि उत्साही बनाएको र तोकिएको अवधिमा कम्पनीले लक्ष्य प्राप्त गर्नेमा विश्वस्त रहेको कम्पनीका सञ्चालक मनोज श्रेष्ठले बताए ।
प्रकाशित: ३ आश्विन २०७२, आईतवार