एक्स्पोको स्कीम २ दिन थप, ललितपुर मोबाइल कम्प्लेक्स पूर्णरुपमा संचालनमा, लक्की ड्रको नतिजा घोषणा

Technology Khabar ३ आश्विन २०७२, आईतवार

एक्स्पोको स्कीम २ दिन थप, ललितपुर मोबाइल कम्प्लेक्स पूर्णरुपमा संचालनमा, लक्की ड्रको नतिजा घोषणा
फाइल फोटो

काठमाडौं, ३ असोज । ललितपुर मोबाइल कम्प्लेक्सद्धारा आयोजना गरिएको मोबाइल एक्स्पो-२०७२ थप २ दिनसम्म आयोजना हुने भएको छ । मोबाइल कम्प्लेक्सले ग्राहकहरुको अत्यधिक मागको कारण २ दिन एक्स्पोको स्कीम थप गरेको दाबी गरेको छ ।

एक्स्पोमा थप गरिएको दिनमा प्रवेश निशुल्क गरिएको तथा अवलोकनकर्ताहरुलाई कुपनका साथमा लक्कि ड्रमा पनि सहभागी गराईने बताएको छ ।

मोबाइल कम्प्लेक्सले आगामी दिनमा पनि ग्राहकहरुको उत्साहलाई कायमै राख्नका लागि विभिन्न किसिमका अफर, स्कीम तथा उपहार कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ । ‘अब मोबाइल कम्प्लेक्स पूर्णरुपमा संचालनमा आएको छ,’ कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले भने, ‘यसै स्थानबाट १५ वर्षसम्म निरन्तर मोबाइल ग्राहकहरुलाई सेवा दिनेछौं ।’

मोबाइल कम्प्लेक्सले दैनिक लक्कि ड्र अन्तरगतको स्मार्टफोन पाउने ग्राहकहरुको घोषणा पनि गरेको छ । कम्प्लेक्सले एस्क्पोको अवधिमा मोबाइल फोन खरिद गर्ने ग्राहकहरुमध्येबाट लक्कि ड्रबाट दैनिकरुपमा स्मार्टफोन प्राप्त गर्ने ग्राहकहरुको घोषणा गरेको हो । कम्प्लेक्सले आजसम्म १० दिनको स्मार्टफोन पाउने ५० जना ग्राहकहरुको कुपन नम्बर घोषणा गरेको छ ।

एक्स्पोको स्टल नम्बर ९, १० तथा ११, १२ मा नेपालमै पहिलो पटक नौलो किसिमले मोबाइल एक्सचेन्ज गर्ने सुविधा राखिएको छ । मोबाइल सम्बन्धि दक्ष र अनुभवी मोबाइल भ्यालुएटरले पुरानो मोबाइलको अधिकतम मूल्य तोकेर एक्सचेन्ज गराउने व्यवस्था मिलाईएको छ । मौकाको चौका अफरअन्तरगत विभिन्न ब्राण्डका फोनहरु साटेर नयाँ फोनहरु खरिद गर्न सकिने आयोजकको भनाई छ ।

एक्स्पो तथा मलका सबै मोबाइल शपबाट मोबाइल फोनहरु सिल प्याक अवधारणामा मात्र बिक्री गरिएका छन् । मोबाइल कम्प्लेक्समा नेपालकै सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । 10th-Day-Mobile-Expo_2

एक्स्पो अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्ने तथा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराईएको छ ।

एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्रमार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिनेछ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिन्दालगायत विभिन्न ब्राण्डका फोनहरु उपलब्ध गराईने कम्प्लेक्सले जनाएको छ ।

दैनिक लक्कि ड्रको नतिजा सार्वजनिक

यसैबिच मोबाइल कम्प्लेक्सद्धारा आयोजना गरिएको एक्स्पोको दैनिक लक्कि ड्रको नतिजा पनि सार्वजनिक भएको छ । लक्कि ड्रको नतिजा मोबाइल्सखबर डटकमबाट सार्वजनिक गरिएको हो । दैनिक कुपन नम्बरको आधारमा गरिएको लक्कि ड्रको कुपन नम्बरहरु यसप्रकार रहेका छन् (कुपन नम्बर अंग्रेजीमा छन्):-

934, 1009, 1085, 1123, 1267, 1301, 3627, 4079, 4286, 9147, 9367, 9710, 10051, 10846, 11747, 13035, 13455, 13519, 13661, 13931, 14506, 14922, 15058, 15281, 16843, 17109, 17127, 17337, 17440, 17814, 18529, 18647, 18852, 19451, 19849, 22121, 22323, 22457, 22748, 23336, 23942, 24045, 24401, 25049, 25249, 25825, 28620,28930, 29230 & 29624.

प्रकाशित: ३ आश्विन २०७२, आईतवार

Comments are closed.

Loading...