एनआईटीभी मिडियाको ‘नेपालको संविधान’ एप आयो

Technology Khabar ३ आश्विन २०७२, आईतवार

एनआईटीभी मिडियाको ‘नेपालको संविधान’ एप आयो

काठमाडौं ।

काठमाडौं ३ असोज । नेपालले नयाँ संविधान पाएको अवसरमा हरेकले संविधान सहज रुपमा अध्ययन गर्न पाउन भन्ने उद्देश्य राखेर एनआईटीभी मिडिया प्रा.लि. ले “नेपालको संविधान ” नामक एप सार्वजनिक गरेको छ ।

२००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथि मतदान सुरु भएपछिका घटनाक्रमहरुलाई सो एपमा राखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सूचना र प्रविधिको क्षेत्रमा भैरहेको विकासको सही प्रयोगले आम नागरिकको सूचना प्राप्तिको हकको सम्मान गर्दै सो एप सार्वजनिक गरिएको हो । MobilesKhabar_2

यसले देश–विदेशमा रहेका नेपालीहरुले संविधान निर्माण क्रम र जारी संविधान सहज रुपमा अध्ययन गर्न सक्नेछन् । निःशुल्क टेलिभिजन एप NET TV NEPAL समेत सार्वजनिक गरेको सो कम्पनीले देश–विदेशमा रहेका नेपालीहरुको सुविधाका लागि विभिन्न प्याकेजहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३ आश्विन २०७२, आईतवार