सिजी स्मार्टफोनको औपचारिक घोषणा हुँदै, नेपालमै फोन उत्पादन गर्ने लक्ष्य

Technology Khabar २ आश्विन २०७२, शनिबार

सिजी स्मार्टफोनको औपचारिक घोषणा हुँदै, नेपालमै फोन उत्पादन गर्ने लक्ष्य

काठमाडौं ।

काठमाडौं, २ असोज । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स कम्पनी सिजी इलेक्ट्रोनिक्स प्रालिले नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । कम्पनीले सिजी ब्राण्डमा विभिन्न श्रेणीका नयाँ स्मार्टफोनहरु ल्याउने तयारी गरेको हो ।

कम्पनी स्रोतका अनुसार सिजी स्मार्टफोनअन्तरगत ईयोन ईलाईट, ईयोन लाईटलगायतका विभिन्न मोडलमा स्मार्टफोनहरु नेपाली बजारमा ल्याउँदैछ । सिजीले नेपाली ब्राण्डमा यी फोनहरु बजारमा ल्याउन लागेको हो । सिजीले स्मार्टफोनका साथै विभिन्न मोडलका फीचर फोनहरु पनि बजारमा ल्याएको औपचारिक घोषणा गर्न लागेको छ । यो मोबाइल ब्राण्डकाे घोषणापछि नेपालमा तीन वटा स्वदेशी मोबाइल ब्राण्ड हुनेछन् । यसअघि नै नेपाली ब्राण्डको रुपमा कलर्स र अार्क मोबाइल आईसकेका छन् ।

यसको लागि कम्पनीले असोज भित्रै एक औपचारिक कार्यक्रम गर्दै सिजी ब्राण्डका स्मार्टफोनहरुको विभिन्न सिरिज घोषणा गर्नेछ । कुनै अस्वाभाविक अवस्था नआएमा असोज ४ गते सिजीको स्मार्टफोनहरुको औपचारिक घोषणा समिट होटलमा गर्ने तयारी गरेको छ, कम्पनी स्रोतले जानकारी दियो । ललितपुरको कुपण्डोल हाइटमा रहेको समिट होटल चौधरी ग्रुपको शेयर लगानी भएको होटल हो । चौधरी ग्रुपले पछिल्ला दिनहरुमा औपचारिक कार्यक्रम सोहि होटलमा गर्दै आएको छ ।MobilesKhabar_1

सिजीले यसअघि नै यी मोडलका स्मार्टफोन तथा फीचर फोनहरु बजारमा अनौपचारिकरुपमा बिक्री गर्दै आएको छ । यसका साथै ललितपुरको ललितपुर मोबाइल कम्प्लेक्समा आयोजना भईरहेको मोबाइल एक्स्पोमा पनि कम्पनीले स्टल नै राखेर यी सिजी ब्राण्डका स्मार्टफोनहरु बिक्री तथा प्रदर्शन गरिरहेको पाईएको छ ।

सिजीको अहिलेसम्मको सबैभन्दा महंगो स्मार्टफोन सिजी ईयोन ईलाइट रहेको छ, जसको मूल्य करिब २३ हजार १ सय ९९ रुपैंया रहेको बताईएको छ । यो फोनलाई सिजीले निकै महत्वका साथ बजारमा सार्वजनिक गर्दैछ । सिजीले अहिले ९ वटा लाइनअपमा फोनहरु ल्याएको छ, जसमध्ये २ वटा स्मार्टफोन, एउटा पिडिए ( स्क्रीन टच फोन) तथा ७ वटा अन्य मोडलका फोनहरु ल्याएको छ । कम्पनीले न्यूनतम १ हजार १ सय रुपैंयादेखि २३ हजार रुपैंयासम्मका फोनहरु बजारमा ल्याएको हो । आगामी केहि सातामा अर्को स्मार्टफोन पनि चाँडै आउने कम्पनी स्रोतले उल्लेख गरेको छ । सिजीका विभिन्न मोडलका फोनहरुको वार्षिक बिक्री लक्ष्य १ सय करोड रुपैंया माथि रहेको र त्यो लक्ष्य सहजरुपमा पुग्ने कम्पनी स्रोतले जानकारी दियो ।MobilesKhabar_2

सिजीले हाल यी फोनहरु चीनमा निर्माण र उत्पादन गर्दै आएको छ । यी फोनहरु पहिलो चरणमा नेपाल भित्र्याएको हुँदा स्थानिय बजारमा उपयुक्त हुने गरि फोनहरु उत्पादन गर्न विभिन्न अध्ययन र अनुसन्धान गरिरहेको स्रोतले जानकारी दियो । त्यसैगरी कम्पनीले यी फोनहरु नेपालमा उत्पादन गर्ने लक्ष्य राखेको छ । आगामी २ वर्षभित्र नेपालमा नै यी फोनहरु उत्पादन गर्ने तयारी गरिएको छ, कम्पनीको यो प्रकृयासँग जानकार रहेको स्रोतले बतायो ।

सिजीले यसअघि एलजी र इन्टेक्स ब्राण्डका मोबाइल फोनहरु बिक्री गरिरहेको छ । केहि समय अघि सिजीले नै बिक्री गरिरहेको लाभा ब्राण्डका मोबाइल फोनहरु अहिले सिजीबाट अम्बे ग्रूपले आधिकारीक बितरकको रुपमा अधिकार लिएर बिक्री गरिरहेको छ ।

सिजी र लाभासँगको विवादपछि लाभाका मोबाइल फोनहरु करिब ३ महिना नेपाली बजारमा औपचारिकरुपमा बिक्री रोकिएको थियो । लाभा र सिजीबिच मोबाइल फोनमा नाफाको मार्जिनमा बिबाद भएपछि उक्त फोन छोडेको मोबाइल व्यवसायमा संलग्न व्यवसायीहरुको भनाई छ ।

Sajilo Visa

प्रकाशित: २ आश्विन २०७२, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार