अम्याजनले ७ इन्चको ट्याबलेट ल्यायो, मूल्य ५० डलर मात्र

Technology Khabar १ आश्विन २०७२, शुक्रबार

अम्याजनले ७ इन्चको ट्याबलेट ल्यायो, मूल्य ५० डलर मात्र
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १ असोज । अमेरिकाको सबैभन्दा ठूलो ई कमर्श कम्पनी अम्याजनले ७ इन्चको ट्याबलेट सार्वजनिक गरेको छ । विश्वको सबैभन्दा ठूलो अनलाइन स्टोरको रुपमा परिचित अम्याजनले (Amazon) ४९.९९ अमेरिकी डलर अर्थात करिब ५ हजार रुपैंया मूल्य तोकिएको ७ इन्चको ट्याबलेट सार्वजनिक गरेको हो ।

अम्याजनको नयाँ ट्याबलेटको मूल्य अहिलेको एप्पलको सबैभन्दा सस्तो ट्याबलेटको भन्दा करिब ५ गुणा सस्तो छ । अम्याजनले यो नयाँ ट्याबलेटलाई आफ्नो साइटमा रजिस्टर गरिसकेको छ । तर यो ट्याबलेटको औपचारिक बिक्री भने सेप्टेम्बर ३० तारिखदेखि हुनेछ ।

सात इन्चको स्क्रीन भएको अम्याजन फायर ट्याबलेट (Fire Tablet) अल्ट्रा लो बजेट ट्याबलेट यूजर्सका लागि उपयुक्त हुनसक्ने भन्दै कम्पनीले ल्याएको हो । यो ट्याबमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबीको र्याम रहेको छ । यसमा ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडीद्धारा १२८ जीबीसम्म बढाउन सकिन्छ ।fire-tablet
यो ट्याबलेट फायर अपरेटिंग सिस्टमको नयाँ भर्सन बेलिनीमा आधारित रहेको छ । यो ट्याबको ब्याट्रीले सात घण्टाको ब्याकअप दिने अम्याजनले दाबी गरेको छ ।

यो ट्याब सार्वजनिक गर्दै अम्याजनका फाउण्डर जेफ बेजसले भने, ‘यो ट्याब लन्चका साथै हामीले मानिसहरुलाई कम मूल्यमा स्तरीय उत्पादन दिने दिशामा नयाँ पाईला चालेका छौं ।] यो ट्याबका साथै अम्याजनले केहि प्री लोडेड एप पनि दिने छ ।

अम्याजनले आफ्नो सस्तो ट्याबको माध्यमबाट भिडियो, बुक रीडिंग, गेम्स तथा शपिंगका लागि सस्तो डिभाइस खरिद गर्न चाहने प्रयोगकर्तालाई आकर्षित गर्न चाहेको छ । कम्पनीले यो होलिडे सिजनमा अमेरिकी यूजर्सका लागि २४९.९५ डलरमा ५ वटा ग्याजेट्स खरिद गर्न सक्ने अफर पनि सार्वजनिक गरेको छ ।

यो ट्याबलेटमा फ्रन्ट तथा रियर क्यामरा पनि रहेको छ ।

अम्याजनको यो ट्याबलेटलाई कम मूल्यको बनाउनका लागि संघाईस्थित हुवाक्विन टेलिकम टेक्नोलोजी, कम्पाल कम्यूनिकेसनस् तथा अन्य कम्पनीहरुसँग आउटसोर्सिंगको माध्यमबाट ट्याबलेटको विकास गरिएको हो ।

वाल मार्ट तथा अम्याजनले ६ इन्चको विभिन्न ट्याबलेटहरु ५० अमेरिकी डलरमा बिक्री गर्दै आएका छन् । यसमा ब्राण्ड नै थाहा नभएका आरसीए, एर्स तथा एम्याटिक पनि पर्दछ ।
दोस्रो चौमासीकसम्म एप्पल र सामसुंगको संयुक्त ४२ प्रतिशतको तुलनामा अम्याजनले अमेरिकी ट्याबलेट बजारमा १ प्रतिशत भन्दा कम हिस्सा ओगटेको आईडीसीको तथ्यांकमा उल्लेख छ ।

Sajilo Visa

प्रकाशित: १ आश्विन २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार