मोबाइल एक्स्पोमा सांगितिक कन्सर्ट हुँदै, साढे चारलाख बढि अवलोकनकर्ता

Technology Khabar १ आश्विन २०७२, शुक्रबार

मोबाइल एक्स्पोमा सांगितिक कन्सर्ट हुँदै, साढे चारलाख बढि अवलोकनकर्ता
फाईल फोटोः मोबाइल्स् खबर

काठमाडौं ।

काठमाडौं, १ असोज । यहि भदौ २९ गतेदेखि आयोजना भईरहेको मोबाइल एक्स्पो २०७२ को आठौं दिनसम्म साढे चारलाख भन्दा बढि अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् । एक्स्पोमा आठौं दिन मात्रै ५० हजार भन्दा बढि अवलोकनकर्ताहरुले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

यसैबिच एक्स्पोको रौनक बढाउन ललितपुर मोबाइल कम्प्लेक्सले असोज २ गते शनिवार सांगितिक कन्सर्टको आयोजना गर्दैछ । एक्स्पोमा यूवाहरुको अधिक सहभागिता भएको हुँदा उनीहरुको चाहना अनुसार शनिवार कम्प्लेक्समा आयोजना हुने उक्त सांगितिक कन्सर्टमा नेपालको प्रसिद्ध र्यापर नेपसाइडर अर्थात मानस घलेका साथमा लिट्ल ग्रिल, एलिस नेप्किंग, प्रशान्तसहितका गायक गायिकाहरुको प्रस्तुति रहने कम्प्लेक्सले उल्लेख गरेको छ ।

एक्स्पोमा शुक्रबार ग्राहकहरुको निकै चहलपहल रहेको र अधिक मात्रामा स्मार्टफोनको बिक्री बढेको बताईएको छ । आज एक्स्पोमा सबैभन्दा बढि सामसुंगका स्मार्टफोनको बिक्री भएको छ भने त्यसपछि हुवावे ब्राण्डका स्मार्टफोनको बिक्री अधिक देखिएको छ । यसका साथै एक्स्पोमा डिटिसी, लाभा, कार्बन, कलर्सब्राण्डका स्मार्टफोनहरु अधिक बिक्री भएका छन् । एक्स्पोमा नयाँ मोबाईल खरिद गर्नुका साथै पुरानो मोबाइल एक्सचेन्ज गरेर नयाँ स्मार्टफोन खरिद गर्ने ग्राहकहरुपनि उत्तिकै रहेका छन् । पछिल्लो समय स्मार्टफोनहरुको बजार मूल्य सस्तो हुँदै गएको र एक्स्पोमा स्मार्टफोन खरिदमा अत्यधिक छुट प्राप्त गर्ने हुँदा स्मार्टफोनको बिक्री बढेको आयोजक कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

ललितपुर मोबाइल कम्प्लेक्समा नेपालकै सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको यो कम्प्लेक्समा सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिएको कम्पनीको भनाई छ ।

एक्स्पो अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराईएको छ ।

एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्रमार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिनेछ । एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिनेछ ।

मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिन्दालगायत विभिन्न ब्राण्डका फोनहरु उपलब्ध गराईने आयोजकले जनाएको छ ।

easy care

प्रकाशित: १ आश्विन २०७२, शुक्रबार

ताजा समाचार