बागलुङ्गमा सुजुकिको नयाँ शोरुम

Technology Khabar १ आश्विन २०७२, शुक्रबार

बागलुङ्गमा सुजुकिको नयाँ शोरुम

काठमाडौं ।

काठमाडौं, १ असोज । नेपालको लागि सुजुकिको आधिकारीक वितरक सिजि मोटोकोर्पले धौलागीरी जिल्लामा आफ्नो पहिलो शोरुम खोलेको छ । बागलुङ्गमा खोलिएको यस नयाँ शोरुमले नेपालका अन्य शोरुम र पोखराको शोरुम बाराबरकै योजनाहरु र मूल्य प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको अतिरिक्त दशैं र तिहारको नयाँ योजना “चमत्कार” बागलुङ्ग शोरुममा पनि लागू हुनेछ ।

बागलुङ्गको नयाँ शोरुमको कार्यकारी अधिकृत तेजेन्द्र पौडेलले भने “कुनै पनि गाडी खरिद गरेपछि ग्राहकले सर्भिसिङ्ग र स्पेयर्सपार्ट बागलुङ्ग शोरुमबाट सजिलै प्राप्त गर्न सक्नेछन् ।”

सिजि मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने “ग्राहकहरुको जिवन सजिलो बनाई उनिहरुलाई सन्तुष्ट बनाउन हामी सधैं तत्पर छौं । बागलुङ्गमा हाम्रो थप नयाँ शोरुमले त्यस ठाउँको बासिन्दालाई सुजुकि गाडि किन्न र  आकर्षक अफरहरु यो शोरुमबाट पाउन पनि सजिलो बनाउने छ भन्ने कुरामा हामी निश्चिन्त छौं ।”

Sajilo Visa

प्रकाशित: १ आश्विन २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार