उद्योग बाणिज्य महासंघ नयां संविधानको औपचारिक घोषणाको व्यग्र प्रतिक्षामा

Technology Khabar १ आश्विन २०७२, शुक्रबार

उद्योग बाणिज्य महासंघ नयां संविधानको औपचारिक घोषणाको व्यग्र प्रतिक्षामा
फोटोः गूगल

काठमाडौं ।

काठमाडौं, ३१ भदौ। नेपाली जनताले आफ्ना जनप्रतिनिधि मार्फत संविधान निर्माण गर्ने ६५ वर्षदेखि देख्दै आएको सपना साकार भएकोमा सिंगो निजी क्षेत्र अत्यन्त खुशी भएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।

सिंगो निजी क्षेत्रको तर्फबाट महासंघले मुलुकले हासिल गरेको यो ऐतिहासिक सफलताको हार्दिक स्वागत गर्दै तथा यो उपलव्धी हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र यस कार्यमा आफ्नो स्थानबाट प्रत्यक्ष एवं परोक्षरुपमा महत्वपूर्ण सहयोग पुर्याउने नेपाली जनता सबैलाई धन्यबाद दिएको छ । सार्वभौम नेपाली जनताका तर्फबाट इतिहासमै पहिलो पटक घोषणा हुन लागेको नयां संविधानको महासंघले स्वागत गरेको छ ।

‘नयां संविधानको घोषणा गरि संक्रमणकालिन राजनीतिको प्रसव पीडाबाट मुलुकलाई पार गराई शान्ति र समृद्धिको वाटोतर्फ अग्रसर गराउने कार्यमा देखाइएको तत्परताको महासंघ सराहना पनि गरेको छ । ऐतिहासिक जनआन्दोलनबाट मुलुकले हासिल गरेको राजनीतिक सफलतालाई संस्थागत गर्ने कार्यमा नयां संविधान कोशेढुंगा हुने हाम्रो ठहर छ । संक्रमणकालको अन्त्यसंगै मुलुक अव शान्ति, समृद्धि र विकासको मार्गतर्फ लम्कने विश्वास निजी क्षेत्रको छ ।’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

निजी क्षेत्रका तर्फबाट महासंघले नयां संविधानमा दिएका सुझावहरुलाई आत्मसात गरि बढीभन्दा बढी समावेश गरिएकोमा निजी क्षेत्र अत्यन्त उत्साहित समेत भएको महासंघले जनाएको छ ।

राजनीतिक दलहरुले एक महिनाभन्दा अगाडीदेखि शुरु गरेको बन्द, हड्तालको असरले औद्योगिक एवं व्यवसायिक क्षेत्रमा पर्न गएको दूरगामी प्रतिकूल असर समेतलाई गम्भीर रुपमा मनन गरि सवै समस्याहरुको निकास संवाद र सहमतीबाटै हुनुपर्नेमा महासंघको ठहर छ ।

easy care

प्रकाशित: १ आश्विन २०७२, शुक्रबार