एनसेलको लगानीकर्ता टेलियासोनेरा बाहिरिँदै, अन्य मुलुकको लगानी अनुसन्धानले समस्यामा

Technology Khabar ३१ भाद्र २०७२, बिहीबार

एनसेलको लगानीकर्ता टेलियासोनेरा बाहिरिँदै, अन्य मुलुकको लगानी अनुसन्धानले समस्यामा

काठमाडौं ।

अनुज राज ढुंगेल । काठमाडौं, ३१ भदौ ।

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको मुख्य लगानीकर्ता कम्पनी टेलिया सोनेरा एबी (TeliaSonera AB) नेपालबाट बाहिरिने भएको छ । टेलिया सोनेराले आज एक घोषणा गर्दै यूरोसीया क्षेत्रबाट बाहिरिने बताएको हो । कम्पनीले अब आफ्नो ध्यान यूरोप तथा स्विडेनमा बजार बिस्तारमा केन्द्रित गर्ने भएको उल्लेख गरेको छ । कम्पनीले नेपालमा सन् २००४ देखि पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनीको रुपमा सेवा संचालन गर्दै आएको छ ।ncell

टेलियासोनेराको आज बसेको बोर्ड बैठकले नेपाललगायतका यूरोसीया क्षेत्रका मुलुकहरुबाट आफ्नो लगानी फिर्ता गर्ने भएको हो । स्क्यानडिनाभिएन टेलिकम अपरेटर टेलियासोनेराले यूरोसीया क्षेत्रबाट आफ्नो उपस्थिती घटाउँदै अन्त्यमा पूरै बाहिरिने उल्लेख गरेको छ ।

टेलियासोनेराले यूरोसीयामा सन् २०१३ देखि अहिलेसम्म कर्पोरेट शुसासन र स्थाईत्वमा निकै सुधार गरेको बताएको छ । कम्पनीको विज्ञप्तिमा, ‘यूरोसीया क्षेत्रमा नाफायोग्य र स्थाईत्वसाथ व्यवसाय गर्न संभव भएको हाम्रो विश्वास छ, तर बजारमा सहि बाटोबाट प्रवेश गर्नु महत्वपूर्ण रहेको छ,’ भन्ने उल्लेख छ ।

कम्पनीले नेपाललगायतका यूरोसीयाका विभिन्न मुलुकहरुमा मोबाइल सेवाको लाईसेन्स लिने क्रममा भ्रष्टाचार गरेको र गैरकानुनी बाटोबाट लाईसेन्स लिएको आरोप लाग्दै आएको छ । सन् २०१२/२०१३ मा गरेको कम्पनीको आफ्नै आन्तरिक छानबिनका क्रममा पनि अनेकौं चोरबाटो प्रयोग गरेको पत्ता लागेको थियो जसले कम्पनीको व्यवस्थापनमा पूरा परिवर्तन गर्न आवश्यक ठानेको थियो । लाईसेन्स लिन चोर बाटो प्रयोग गरेको भ्रष्टाचार गरेको आरोपमा विभिन्न देशहरुमा अझैपनि छानबिन भईरहेको छ भने उज्बेकिस्तानमा यसको लाईसेन्सको बारेमा अझै अनुसन्धान भईरहेको छ । नेपालमा पनि एनसेल ब्राण्ड हुनुभन्दा पहिलो यसअघिको मेरो मोबाइलका लगानीकर्ताहरुबाट शेयर खरिदको विषयमा पनि विवादमा फसेको थियो ।one_company_logos

टेलियासोनेराका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जोहान डेनेलिण्डले भने, ‘यूरोसीयाका अपरेटरहरुलाई दुईवर्षको कठिन कामका लागि हार्दिक धन्यवाद छ, कर्पोरेट गर्भनान्स र स्थाईत्वको दृष्टिकोणबाट मात्र नभई, हामी अब राम्रो र अझ बढि व्यवस्थित कम्पनीहरु भएका छौं, जुन आगामी दिनमा अरुले सफलतापूर्वक विकास गर्ने हाम्रो विश्वास छ,’ । उज्बेकिस्तानमा सन् २००७ मा मोबाइल लाईसेन्स लिँदा विभिन्न भ्रष्टाचार काण्डमा परेपछि कम्पनीको साख पुन उठाउन डेनेलिण्डलाई दुई वर्ष पहिले नियुक्त गरिएको थियो । त्यसबेला कम्पनीले अघिल्लो प्रमुख तथा बोर्डका अधिकांश सदस्यहरुलाई हटाएको थियो ।LogoUcell

उता ईयू प्रतिस्पर्धा अख्तियारीबाट नर्वेको टेलिनोरसँग मर्जको प्रस्तावलाई फिर्ता लिन दबाब दिएको थियो, जसले गर्दा टेलिया अहिले यूरोपमा निकै कठिन अवस्थामा संचालन भईरहेको छ ।

यसका साथै कम्पनीले आफ्नो रणनीति परिवर्तन गर्दै यूरोप र स्विडेनमा ध्यान केन्द्रित गर्ने रणनीति सार्वजनिक गरेको छ । कम्पनीले टेलिकम्यूनिकेसन बजारमा द्रूत परिवर्तन भईरहेको भन्दै व्यवस्थापन र बोर्डले आफ्ना समय र स्रोतहरु यूरोप र स्विडेनमा कार्यसंचालन विकास गर्न लगाउने निर्णय गरेको हो । यसका साथै कम्पनीले विशेषरुपमा कनेक्टिभीटी तथा कन्भर्सजेन्स जस्ता ठोस क्षेत्रमा ध्यान केन्द्रित गर्नेछ ।

कम्पनीले यूरोसीया क्षेत्रबाट आफ्नो उपस्थिती घटाउने प्रकृया शुरु भईसकेको र यो कति समय लाग्ने संभावना बारे अनुमान गर्न नसकिने उल्लेख गरेको छ ।

कम्पनीले हाल नेपाल, काजाकस्तान, उज्बेकिस्तान, अजरबैजान, जर्जिया, मोल्दोभा र ताजीकिस्तानमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ । यी मुलुकहरुले टेलियासोनेराको सन् २०१५ को पहिलो अर्ध वार्षिक बिक्रीको कुल पाँचौं हिस्सा ओगटेको बताईएको छ ।

टेलिया सोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत शेयर हिस्सा रहेको छ, जुन स्विडेनको सबैभन्दा ठूलो टेलिकम अपरेटर हो । यो कम्पनीको उजबेकिस्तानमा रहेको सेवाको बारेमा अमेरिकी अख्तियारी तथा स्विडिस अधिकारीहरुले छानबिन गरिरहेका छन् । उज्बेकिस्तानमा भईरहेको अनुसन्धानमा करिब ३ सय २० मिलियन अमेरिकी डलरको भ्रष्टाचार गरेको स्विडिस टेलिभिजनमा सन् २००२ मा उल्लेख गरेको थियो ।

कम्पनीले अझैपनि उज्बेकिस्तान र अजरबैजानमा भएका स्थानिय सहकार्य कम्पनीहरुको मालिकहरुको बारेमा थाहा पाएको छैन् । उज्बेकिस्तान र नेपालमा करिब ५ बिलियन स्विडिस क्रोनर अर्थाक ६ सय ७ मिलियन डलर बराबरको रकम जम्मा गरेको छ, जुन गृह देश स्विडेन ल्याउन नसक्ने रोयटर्सले उल्लेख गरेको छ । एजेन्सीहरुको सहयोगमा

easy care

प्रकाशित: ३१ भाद्र २०७२, बिहीबार