बारफोन खरिद गर्दै उपभोक्ताहरु, डिटिसी फोन खरिदमा उपहारै उपहार

Technology Khabar ३१ भाद्र २०७२, बिहीबार

बारफोन खरिद गर्दै उपभोक्ताहरु, डिटिसी फोन खरिदमा उपहारै उपहार

काठमाडौं ।

काठमाडौं । मोबाइल एक्स्पो २०७२ को छैठौं दिन ५० हजार भन्दा बढि अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् । एक्स्पोमा आजसम्म ३ लाख २५ हजारभन्दा बढि ग्राहकहरुले अवलोकन गरिसकेका छन् । एक्स्पोमा ग्राहकहरुले बारफोन बढि खरिद गरेको तथा बारफोनहरुको बारेमा जानकारी लिईरहेको आयोजकले जनाएको छ ।

ग्राहकहरुले एक्स्पोमा डिटिसी, फ्लाई, विनकम, लाभा, सिजीलगायतका ब्राण्डका बारफोनको बारेमा अधिक जानकारी लिएका छन् । एक्स्पोको आकर्षणलाई देखेर मोबाइल फोन ब्राण्ड सिंगापुरको ब्राण्ड डिटिसी मोबाइलको हातहातमा फोन भन्ने नाराका साथ विभिन्न मोडलका बारफोनहरु बिक्री गरिरहेको छ ।6th-Day-Mobile-Expo_111

त्यसैगरी डिटिसीले बारफोन खरिद गर्न चाहने ग्राहकहरुलाई एक्सचेन्जको सुविधा पनि दिएको छ भने नेपालकै पहिलो पावरब्यांक भएको डिटिसी फोर ईन वान फोनको खरिदमा १५ प्रतिशतको छुट दिएको छ । डिटिसी फोर ईन वान फोनको बजार मूल्य ५ हजार रुपैंया रहेको छ । यो फोनलाई पावरब्यांकको रुपमा प्रयोग गर्न सकिन्छ भने स्पीकर तथा पावरफुल टर्चलाईटको रुपमा पनि उपयोग गर्न सकिन्छ । यो फोन एक्स्पोबाट नेपाली बजारमा बिहिवारदेखि सार्वजनिक हुँदैछ ।

डिटिसीले अर्को फोन डिटिसी गियर पनि एक्स्पोमा ल्याएको छ । यो फोन वाकीटकी जस्तै देखिन्छ, जुन पावरब्यांक तथा मोबाइल दुबैको रुपमा प्रयोग गर्न सकिन्छ । निकै मजबुत यो फोनको बजार मूल्य ४ हजार रुपैंया तोकिएको छ । डिटिसी गियर फोनमा २० प्रतिशतको छुट दिईएको छ । डिटिसी ब्राण्डका अन्य फोनहरुमा ४० प्रतिशतसम्मको छुट दिईएको छ । यसैगरी डिटिसी जिटी एटआई स्मार्टफोनमा खरिद मूल्य ९ हजार ९ सय ९९ रुपैंयामा ३५ प्रतिशतको छुट दिईएको आयोजकले उल्लेख गरेको छ ।6th-Day-Mobile-Expo_000

मोबाइल कम्प्लेक्समा रहेको एक्स्पोको स्टल नम्बर ९, १० तथा ११, १२ मा नेपालमै पहिलो पटक नौलो किसिमले मोबाइल एक्सचेन्ज गर्ने सुविधा राखिएको छ । उक्त मोबाइल एक्स्पोमा मोबाइल एक्सचेन्जका लागि मोबाइल भ्यालुएटर राखिएको छ । मोबाइल सम्बन्धि दक्ष र अनुभवी मोबाइल भ्यालुएटरले पुरानो मोबाइलको अधिकतम मूल्य तोकेर एक्सचेन्ज गराउने व्यवस्था मिलाईएको छ । मौकाको चौका अफरअन्तरगत विभिन्न ब्राण्डका फोनहरु साटेर नयाँ फोनहरु खरिद गर्न सकिन्छ ।

एक्स्पो तथा मलका सबै मोबाइल शपहरुबाट गुणस्तरीय मोबाइल फोनहरु सिल प्याक अवधारणामा मात्र बिक्री गरिएका छन् । अन्य बजारहरुमा सिल प्याकेट खोलिएका र विभिन्न एसेसरिजहरु साटिएका फोनहरु बिक्री हुने गरेकोमा यो मोबाइल कम्प्लेक्सबाट भने कम्पनीको लोगो सहितको सिल प्याक फोनहरु मात्र बिक्री गरिएको छ ।
एक्स्पो अवधिभर मल्टिब्राण्ड शोरुम तथा अन्य मोबाइल शपबाट ४० भन्दा बढि ब्राण्डका मोबाइलहरुको खरिदमा विशेष छुट दिईएको छ । ललितपुर मोबाइल कम्प्लेक्सले संचालन गरेको मल्टिब्राण्ड मोबाइल शोरुममा ४० भन्दा बढि मोबाइल ब्राण्डहरु, मोबाइल पसलहरु तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आएका छन् । त्यस्तै नेपालमा सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । 6th-Day-Mobile-Expo_2

भदौ ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्सपो २०७२ आयोजना भईरहेकोछ । कम्प्लेक्सको शुभारम्भको अवसरमा आयोजना भएको मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराईएको छ ।

एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्रमार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिने बताईएको छ । मलको उदघाट्न तथा मोबाइल कम्प्लेक्सको शुभारम्भसँगै आयोजना भईरहेको एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिन्दालगायत विभिन्न ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ । त्यसैगरी भूकम्प पिडितलाई स्मार्टफोनको खरिदमा ८ जीबीको मेमोरीकार्ड निशुल्क दिईने बताईएको छ ।

easy care

प्रकाशित: ३१ भाद्र २०७२, बिहीबार