Technology Khabar ३१ भाद्र २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, ३१ भदौ । नेपालकालागि टोयोटाको आधिकारीक बिक्रेता यूनाईटेड ट्रेडर्स सिण्डिकेट प्रालिले इटियोस क्रसको डिजेल भर्सनको अपग्रेडेड कार नाडा अटो शो २०१५ मा प्रदर्शनमा राखेको हो ।
नयाँ टोयोटा इटियोस क्रस डिलेज कारले टोयोटाको गूणस्तर, दिगोपना तथा विश्वसनियतालाई उच्चतहमा प्रतिबिम्बित गर्दछ । विश्वभरका मानिसहरुको मन नित्न सफल भएको टोयोटा इटियोस क्रस डिजेल नेपालमा यूनाईटेड ट्रेडर्स सिण्डिकेट प्रालिले सार्वजनिक गरेको हो ।
टोयोटा इटियोस परिवारले तपार्इ ँमाझ रोमाञ्चक र आर्कषक श्रेणीका कम्प्याक्ट फ्यामिली ह्याचब्याकदेखि सुविधासम्पन्न सेडान गाडिहरु ल्याइरहेको छ । यसका कारहरु साहसिक सेमी एसयूभीसम्मका रहेका छन्, जुन टोयोटाको गुणस्तर, दिगोपना तथा विश्वसनियतालाई कायमगर्दै विश्वका मानिसहरुको मन जित्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
इटियोस क्रस इटियोस लिभा ह्याच भन्दा केहि लामो रहेको छ, जुन उत्कृष्ट बडि र उचाईसाथ आउँछ । यद्यपी रग्ड लूक्स, पीयानो फीनिसि इन्टेरियरले यो कारलाई अझै आकर्षक बनाएको छ । यसमा भएको ब्ल्याक प्लास्टिक क्ल्याडिंग तथा १.५ लीटरको शक्तिशाली इन्जिनले यसलाई अझै उत्कृष्ट बनाएको कम्पनीको दाबी छ ।
प्रकाशित: ३१ भाद्र २०७२, बिहीबार