तीजको अवसरमा महिलाहरुलाई मोबाइल एक्स्पोमा निशुल्क प्रवेश

Technology Khabar २९ भाद्र २०७२, मंगलवार

तीजको अवसरमा महिलाहरुलाई मोबाइल एक्स्पोमा निशुल्क प्रवेश

काठमाडौं ।

काठमाडौं, २९ भदौ । मोबाइल एक्स्पो २०७२ को चौथो दिन मोबाइल एसेसरीज तथा ग्याजेट्स खरिद गर्ने ग्राहकहरुको भिड देखिएको छ ।

एक्स्पोको चौथो दिन करिब ७५ हजार अवलोकनकर्ताले मोबाइल एक्स्पोको अवलोकन गरेका छन् । यहि उत्साहलाई कायम राख्दै मोबाइल एक्स्पोमा महिलाहरुको महान चाड तीजको अवसरमा महिला दिदि बहिनीहरुलाई सम्मान गर्दै मंगलवार र बुधवार एक्स्पो अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजकले जानकारी दिएको छ । यी दिनहरुमा दैनिक १ लाख भन्दा बढि अवलोकनकर्ताहरु विशेष छुटसहित मोबाइल खरिद गर्न आउने अपेक्षा गरिएको छ । तीजको अवसरमा महिलाहरुले मोबाइल फोन खरिद गरेमा विशेष छुट प्रदान गरिने बताईएको छ ।Mobile-Expo-4th-day_5

चौथो दिनसम्म आईपुग्दा मोबाइल एक्स्पोमा २ लाख २५ हजार भन्दा बढि अवलोकनकर्ता तथा ग्राहकहरुले अवलोकन गरिसकेका छन् । सिल प्याकसहितको मोबाइल बिक्री गर्ने अवधारणा नेपालमा नै पहिलो पटक लागू गरिएको हुँदा उपभोक्ताले गुणस्तरीय मोबाइल फोन र एसेसरिजहरु खरिद गर्न पाउने आयोजकको भनाई छ ।

एक्स्पो अवधिभर मल्टिब्राण्ड शोरुम तथा अन्य मोबाइल शपबाट ४० भन्दा बढि ब्राण्डका मोबाइलहरुको खरिदमा विशेष छुट दिईएको छ । ललितपुर मोबाइल कम्प्लेक्सले संचालन गरेको मल्टिब्राण्ड मोबाइल शोरुममा ४० भन्दा बढि मोबाइल ब्राण्डहरु, मोबाइल पसलहरु तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आएका छन् । त्यस्तै नेपालमा सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको यो कम्प्लेक्समा सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिएको छ ।Mobile-Expo-4th-day_3

भदौ २५ गतेदेखि ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्सपो २०७२ आयोजना भईरहेकोछ । कम्प्लेक्सको शुभारम्भको अवसरमा आयोजना भएको मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराईएको छ ।

एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिनेछ ।

मोबाइल एक्स्पोको अवसर पारेर मोबाइल कम्प्लेक्समा रहेको एक्स्पोको स्टल नम्बर ९, १० तथा ११, १२ मा नेपालमै पहिलो पटक नौलो किसिमले मोबाइल एक्सचेन्ज गर्ने सुविधा राखिएको छ । उक्त मोबाइल एक्स्पोमा मोबाइल एक्सचेन्जका लागि मोबाइल भ्यालुएटर राखिनेछ । मोबाइल सम्बन्धि दक्ष र अनुभवि मोबाइल भ्यालुएटरले पुरानो मोबाइलको अधिकतम मूल्य तोकेर एक्सचेन्ज गराउने व्यवस्था मिलाईएको छ ।

मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिन्दालगायत विभिन्न ब्राण्डका फोनहरु उपलब्ध गराईने आयोजकले जनाएको छ ।

easy care

प्रकाशित: २९ भाद्र २०७२, मंगलवार