Technology Khabar २९ भाद्र २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २९ भदाै । सिजि मोटोकोर्प, सुजुकि नेपालको आधिकारीक वितरकले दशैं र तिहार २०७२ को लागि नयाँ योजना “चमत्कार” सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकहरुले बम्पर उपहारको रुपमा सुजुकि एस क्रस (S-Cross) जित्न सक्नेछन् । नाडा शो को स्टल नं. ए सेभेनमा एस क्रस, अल्टो के टेन, फेसलीफ्ट डिजाइरको लन्च गरिनेछ । बम्पर उपहारको साथै ग्राहकले रु.७.५ लाखसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
नाडा शो को अकर्षणको रुपमा, सिओर–सट एसएमएसद्वारा ग्राहकले रु.१०,००० देखि रु.५०,००० सम्म जित्न सक्नेछन् । यो जम्मा ५ दिनको लागि मात्र लागू हुनेछ । देशभरिका ग्राहकहरुले नाडा शो को अवधिभरि काठमाण्डौ बाहिरबाट नै कुनैपनि सुजुकि शोरुमबाट न्यूनतम मूल्यमा सुजुकि गाडी बुक गर्न सक्नेछन् । बुकिङ्ग नाडा शो अवधिभरि मात्र चालु हुनेछ । कुनैपनि गाडिमा ४ वर्ष वारेन्टी प्रदान गरिनेछ ।
“चमत्कार” योजनाको थप अकर्षणकोरुपमा ग्राहकहरुले अधिकतम रु.१०,००० सम्मको सर्भिसिङ कुपन जित्न सक्नेछन्, जुन एकवर्षका लागि मान्य हुनेछ । ग्राहकहरुले एकवर्षको लागि निःशुल्क बिमा, निःशुल्क रोड ट्याक्स, फुल्ली–लोडेड एक्सेसरिज् र निःशुल्क सर्भिसिङ जस्ता सुविधाहरु पनि पाउने छन् ।
सिजि मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने “हाम्रो योजना अरु भन्दा निकै उत्कृष्ट हुन्छ । हामी सधैं ग्राहकहरुलाई आकर्षक उपहार दिदै, उनिहरुको मन जितेर खुसी र सन्तुष्ट बनाउन सफल भएका छौं।
प्रकाशित: २९ भाद्र २०७२, मंगलवार