ह्वाट्सएपको वेब भर्सनमा सुरक्षा कमजोरी, ह्याकरले कम्प्यूटर ह्याक गर्न सक्ने

Technology Khabar २८ भाद्र २०७२, सोमबार

ह्वाट्सएपको वेब भर्सनमा सुरक्षा कमजोरी, ह्याकरले कम्प्यूटर ह्याक गर्न सक्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २८ भदौ । के तपाई च्याट तथा म्यासेजको लागि ह्वाट्सएप (WhatsApp) प्रयोग गर्नुहुन्छ ? गर्नुहुन्छ भने होसियार तपाईँको डाटा ह्याकरले ह्याक गरेर प्रयोग गर्न सक्दछ । अहिले ह्वाट्सएपले वेब भर्सनको सुविधा आफ्ना यूजर्सलाई उपलब्ध गराएको छ । ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो स्मार्टफोन र पर्सनल कम्प्यूटरमा भएको ह्वाट्सएपमा विभिन्न फाइलहरु आदान प्रदान गर्ने गर्दछन् ।

ह्वाट्सएप वेबमा एक सेक्यूरिटी बग भेटिएको छ, जसको प्रयोगबाट ह्याकर्सले तपाईँको कम्प्यूटरलाई ह्याक गरेर त्यसलाई टाढाबाट नै आफ्नो ईच्छाअनुसार प्रयोग गर्न सक्दछ । यो बगको सहयोगबाट ह्याकर्स ह्वाट्सएप वेबको माध्यमबाट यूजर्समार्फत निजको कम्प्यूटरमा खतरनाक मालवेयर (Malware) डाउनलोड पनि गराउन सक्दछ । मालवेयर डाउनलोड गराएरपछि आरामले ह्वाट्सएप वेबलाई ह्याक गर्न सक्दछ ।

यो बगको कारणले ह्वाट्सएप वेबका २० लाख भन्दा बढि प्रयोगकर्ताहरुको सुरक्षामा खतरा पुगेको छ । नेपालमा पनि धेरै प्रयोगकर्ताले ह्वाट्सएप  आफ्नो स्मार्टफोनमा तथा पर्सनल कम्प्यूटर तथा ल्यापटपमा डाउनलोड गरेका छन् । ति सबैको पर्सनल डाटा पनि असुरक्षित हुन पुगेको छ ।

सिम्बोलिक तस्विर
सिम्बोलिक तस्विर

र्यान्समवेयर नामक मालवेयरले यूजरको सिस्टम लक गरेर रकम माग गर्दछ, बट्स नामक मालवेयरले यूजरको सिस्टमलाई स्लो गरिदिन्छ र रिमोट टूलको माध्यमबाट ह्याकर्सले यूजरको कम्प्यूटरमा भएका सबै गतिबिधीलाई चोर्न सक्दछ ।

चेक प्वाईन्ट (Check Point) को रिसर्च टीमका अनुसार ह्याकर्सले केहि फाइल पठाएर नै तपाईँको कम्प्यूटर सिस्टमलाई नियन्त्रण गर्न सक्दछ । ह्वाट्सएपको वेब भर्सनले आफ्ना प्रयोगकर्तालाई फाइल,फोटो, भिडियो तथा कन्ट्याक्ट्स पठाउने अप्शन पनि दिन्छ । यसको फाईदा उठाएर ह्याकर्सले ह्वाट्सएप वेबमा भीकार्डको रुपमा खतरनाक मालवेयर पठाउँछन् । यूजरले यो भी कार्डलाई कुनै नम्बर सम्झेर वा अनुमान गरेर डाउनलोड गर्दछन्, किनकी यूजरलाई त्यो मालवेयर कुनै कन्ट्याक्ट जस्तो देखिन्छ । तर यो कन्ट्याक्ट्स खतरनाक मालवेयर रहेको छ । यो मालवेयर यूजरले यसलाई डाउनलोड गर्दछन, तत्कालै ह्याकर्सले तीन मालवेयरको सहयोगबाट कम्प्यूटर ह्याक गर्दछ । एजेन्सीको सहयोगमा

Sajilo Visa

प्रकाशित: २८ भाद्र २०७२, सोमबार

तपाइको प्रतिक्रिया