सानडिस्कको वायरलेस फ्ल्याश ड्राइभ

Technology Khabar २८ भाद्र २०७२, सोमबार

सानडिस्कको वायरलेस फ्ल्याश ड्राइभ

काठमाडौं ।

काठमाडौं, २८ भदौ । फ्ल्याश स्टोरेज सल्यूशन कम्पनी सानडिस्कले नयाँ वायरलेस मोबाइल फ्ल्याश ड्राइभ लन्च गरेकोछ । कम्पनीका अनुसार नयाँ ड्राइभले यूजर्सका लागि ईजी ट्रान्सफर तथा फोटो तथा भिडियो मोबाइल डिभाइसेज तथा कम्प्यूटर्सका बिच वायरलेस ट्रान्सफर गर्न सक्दछ ।

सानडिस्क वायरलेस कनेक्टमा १२८ जीबीको क्षमता रहेको छ । यसका साथै यो ड्राइभलाई संचालन गर्न नयाँ एप आवश्यक पर्दछ भने यसको डिजाइन पनि कम्प्याक्ट रहेको छ ।SanDisk-Connect-Wireless-Stick2

यो डिस्क हाल फ्ल्पिकार्टमा मात्रै उपलब्ध छ तर डिसेम्बर २०१५ सम्ममा अन्य ईकमर्शमा पनि उपलब्ध हुनेछ ।

सान डिस्कको यो वायरलेस स्टिक ट्याबलेट, कम्प्यूटर, स्मार्टफोन तथा मोबाइल डिभाइसहरुका बिच वायरलेस मिडिया फाइलहरु ट्रान्सफर गर्नका लागि बनाईएको हो ।

सानडिस्क वायरलेस कनेक्ट दुई वर्षको वारेन्टीका साथ फ्लिपकार्टमा १६ जीबी, ३२ जीबी, ६४ जीबी तथा १२८ जीबी भेरिएन्टमा उपलब्ध रहेको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: २८ भाद्र २०७२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार