माइक्रोम्याक्सको २ इन १ ल्यापट्याब, विण्डोज १० मा आधारित हाइब्रिड डिभाइस

Technology Khabar २७ भाद्र २०७२, आईतवार

माइक्रोम्याक्सको २ इन १ ल्यापट्याब, विण्डोज १० मा आधारित हाइब्रिड डिभाइस

काठमाडौं ।

काठमाडौं, २७ भदौ । माइक्रोम्याक्सले शुक्रबार पहिलो विण्डोज टू इन वान (Windows 2 in 1) डिभाइस सार्वजनिक गरेको छ । क्यानभास ल्यापट्याब नामको यो डिभाइसमा विण्डोज १० प्री-लोडेड आउनेछ । यसका साथै यो कम्पनीको पहिलो हाइब्रिड डिभाइस हो ।

यसअघि कम्पनीले अप्रिलमा लन्च गरेको क्यानभास ल्यापट्याब (Canvas Laptop) करिब उस्तै स्पेसिफिकेशनका साथमा आउनेछ । तर अघिल्लो संस्करण विण्डोज ८.१ भर्सनमा आधारित थियो भने नयाँ ल्यापट्याब विण्डोज १० भर्सनका साथ सार्वजनिक गरिएको हो । यो ल्यापट्यापको किबोर्ड डिट्याच हुनसक्नेछ, त्यसपछि यसलाई ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।

माइक्रोम्याक्सको नयाँ ल्यापट्याबमा १०.१ इन्चको आईपीएस डिस्प्ले स्क्रीन राखिएको छ, जसको स्क्रीन रिजोल्यूशन १२८०X८०० पिक्सेल राखिएको छ । यसका साथै यो ल्यापटपमा ७,७०० एमएएचको ब्याट्री राखिएको छ, जसले कम्पनीकाअनुसार १० घण्टासम्म ब्याकअप दिन्छ । यो ल्यापटपको तौल १.१ किलोग्राम मात्र रहेको छ ।Micromax Laptab

यो क्यानभास ल्यापट्याबमा १.३३ गीगाहर्जको क्वाड कोर इन्टेल एटम जेड३७३५ एफ प्रोसेसरमा आधारित रहेको छ । वर्स्ट मोडमा संचालन गर्दा यो प्रोसेसरले १.८३ गीगाहर्जको स्पीड दिन्छ । यो ल्यापट्याबमा २ जीबी डिडिआर३एल र्याम राखिएको छ भने ३२ जीबीको इन्टरनल मेमोरी राखिएको छ, जसलाई माइक्रो एसडी कार्डबाट बढाउन सकिन्छ ।

माइक्रोम्याक्सको यो डिभाइसले सिंगल सिम सपोर्ट गर्दछ । जसमा यूजर्सले माइक्रोसफ्टको वान ड्राइभमा १ टेराबाईटको क्लाउड स्टोरेज पनि खरिद गर्न सकिन्छ ।

क्यानभास ल्यापटपमा २ मेगापिक्सेलको रियर तथा फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यो ल्यापट्याबमा कनेक्टिभिटीका लागि वाई-फाई, ब्लूटूथ ४.० भर्सन, यूएसबी तथा थ्रीजी फीचर राखिएको छ ।

माइक्रोम्याक्सको नयाँ ल्यापटपको मूल्य भारतमा १४ हजार ९ सय ९९ भारु तोकिएको छ ।

easy care

प्रकाशित: २७ भाद्र २०७२, आईतवार