भारतीय म्यासेन्जर ‘हाइक’मा १०० जनासँग एकैपटक कुरा गर्न सकिने

Technology Khabar २७ भाद्र २०७२, आईतवार

भारतीय म्यासेन्जर ‘हाइक’मा १०० जनासँग एकैपटक कुरा गर्न सकिने

काठमाडौं ।

काठमाडौं, २७ भदौ । हाइक म्यासेन्जर (Hike Messenger) ले शुक्रबारदेखि निशुल्क कलिंग सुविधा शुरु गरेको छ  । हाइकको नयाँ सुविधाअन्तरगत एकैपटक १०० जना व्यक्तिसँग एकैपटक कुरा गर्न सकिन्छ ।

कम्पनीले यो सुविधा एन्ड्रोयडमा फोरजी तथा वाईफाईमा काम गर्ने जानकारी दिएको छ । यो नयाँ सुविधा हाल एन्ड्रोयडमा आधारित भएपनि आईओएस तथा विण्डोजका लागि भने यो वर्षको अन्त्यसम्ममा ल्याईनेछ ।

ओभर दि टप (ओटीटी) को माध्यमबाट भ्वाइस कलिंगको सुविधाको बारेमा भारतमा टेलिकम कम्पनीहरु तथा इन्टरनेट कम्पनीहरुकाबिचमा विवाद हुने गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्रूप कलिंग सुविधा सार्वजनिक गर्नुका साथै हाइकले भ्वाइस ओभर इन्टरनेटमा पनि बीटा (Beta) ट्याग हटाएको छ ।

हाइक म्यासेन्जरको संस्थापक तथा मुख्य कार्यकारी केभिव भारती मित्तलले भने, ‘अब एक बटन थिचेर तपाईँले एक कलमा १०० जनासँग सम्पर्क गर्नसक्नुहुनेछ । कुनै पिन, कुनै अन्य नम्बर डायल नगरीकन नै मानिसहरुसँग कुरा गर्न सकिनेछ । त्यसैगरी सबैसँग एकै पटक कुरा गर्न होल्डमा राख्नुपर्ने आवश्यकता पनि छैन् ।’ एजेन्सी

easy care

प्रकाशित: २७ भाद्र २०७२, आईतवार

ताजा समाचार