माइक्रोसफ्टको “अफिस २०१६’ सेप्टेम्बर २२ देखि उपलब्ध हुने

Technology Khabar २७ भाद्र २०७२, आईतवार

माइक्रोसफ्टको “अफिस २०१६’ सेप्टेम्बर २२ देखि उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं, २७ भदौ । माइक्रोसफ्टले आधिकारीकरुपमा एमएस अफिस २०१६ (MS Office 2016) ग्राहकहरुले खरिद गर्न सकिने मिति घोषणा गरेको छ । कम्पनीले विन्डोज यूजर्सका लागि एमएस अफिसको नयाँ भर्सन यहि सेप्टेम्बर २२ तारिखदेखि उपलब्ध हुने घोषणा गरेको छ ।

माइक्रोसफ्टले एमएस अफिसलाई यसअघि नै सार्वजनिक गरिसकेको थियो । यसपछि यो सफ्टवेयरलाई प्राइभेट प्रिव्यूको कयौं प्रयोगकर्ता तथा डेभलपर्स तथा आईटि कम्पनीहरुका लागि उपलब्ध गराएको थियो । अब यो सफ्टवेयर सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने भएको हो ।

अफिस २०१६ मा कयौं लेटेस्ट अपडेटहरु गरिएको छ । यो नयाँ संस्करणमा अफिसलाई अनलाईन यूजर्सले पनि प्रयोग गर्न सक्नेछन् । यसका साथै मल्टीपल डेस्कटप यूजर्सहरु जसले डकुमेन्टहरुमा काम गर्दछन्, तीनिहरुले पनि रियल टाइममा सबै अपडेट गर्न सक्नेछन् ।

अफिस २०१६ सिन्क्रोनाइज प्रोसेसलाई सहज बनाईएको छ । डेस्कटप यूजर्सले क्लाउड स्टोरेजमा पनि फाइललाई मल्टीपल डिभाइसमा एडिट गर्न सकिनेछ । तर म्याक यूजर्सका लागि एमएस अफिस २०१६ सन् २०१६ को जुलाई महिनामा मात्र औपचारिकरुपमा सार्वजनिक गरिनेछ । अबदेखि अफिस ३६५ को सब्सक्रिप्शनलाई पनि सिमित गरिएको छ । एजेन्सी

easy care

प्रकाशित: २७ भाद्र २०७२, आईतवार

ताजा समाचार