हुन्डाईको नयाँ एसयुभी ‘क्रेटा’ नेपाली बजारमा

Technology Khabar २७ भाद्र २०७२, आईतवार

हुन्डाईको नयाँ एसयुभी ‘क्रेटा’ नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं २७ भदौ । कोरियन गाडी निर्माता कम्पनी हुन्डाईको नयाँ एसयुभी क्रेटा नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीबार कम्प्याक्ट एसयुभी कार क्रेटा सार्वजनिक गरेको हो । क्रेटा लुडिक डिजाइनको नयाँ पुस्ताको कार हो ।

कम्पनीले क्रेटाको डिजेल र पेट्रोल दुवै भर्सनमा एकैसाथ भित्र्याएको छ । पेट्रोल इन्जिनमा १६ सय सिसीको गाडि उपलब्ध छ भने १४ सय र १६ सय सिसीका डिजेल इन्जिन गाडी उपलब्ध हुनेछन् । अत्याधुनिक विशेषता र सुविधा रहेको क्रेटाको नेपाली बजारमा मूल्य ३९ लाख ९६ हजारदेखि ४९ लाख ९६ हजार पेट्रोल संस्करण र ४३ लाख ९६ हजारदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म डिजेल संस्करणलाई पर्ने कम्पनीले जनाएको छ ।

क्रेटा एक शक्तिशाली र उच्च क्षमतायुक्र एसयुभी गाडी हो । बलियो हाइभ स्ट्रक्चर बडी सेलद्धारा डिजाइन गरिएकाले यसको क्षमता र टिकाउपना अरुको दाँजोमा प्रभावकारी भएको कम्पनीके भनाई छ । गाडीको बी पिलर, सी पिलर र इन्जिन बे मा प्रयोग गरिएको रिङ आकारको फ्रेमले पनि यसको क्षमता र टिकाउपना बढाउन मद्दत गरेको छ । यो रिङ आकारको फ्रेमले गाडीको बडीलाई थप मजबुत बनाउनुका साथै चलाउँदाको सहज र आरामदायी अनुभूति दिने कम्पनीले बताएको छ ।

स्टाइल, आकार, लागत र प्राविधिक विशेषतामा ध्यान दिने एसयुभी उपभोक्ताको आवश्यकता ध्यानमा राखेर हुन्डाईको क्रेटा डिजाइन गरेको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २७ भाद्र २०७२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार