मोबाइल एक्स्पोमा ग्राहकहरुको चहलपहल, दोस्रो दिन ५० हजार अवलोकनकर्ता

Technology Khabar २६ भाद्र २०७२, शनिबार

मोबाइल एक्स्पोमा ग्राहकहरुको चहलपहल, दोस्रो दिन ५० हजार अवलोकनकर्ता

काठमाडौं ।

काठमाडौं, २६ भदौ । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सद्धारा आयोजना गरिएको मोबाइल एक्स्पो २०७२ को दोस्रो दिन मोबाइल खरिदकर्ताहरुको अत्यधिक चहलपहल देखिएको छ ।

एक्स्पोको दोस्रो दिन मोबाइल खरिद गर्न तथा मोबाइल एक्स्चेन्जका लागि काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाका विभिन्न क्षेत्रबाट ग्राहकहरु आएको बताईएको छ । त्यसैगरी मोबाइल कम्प्लेक्सद्धारा स्थापना गरिएको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम मा पनि मोबाइल ग्राहकहरुको निकै भिडभाड रहेको देखिन्थ्यो । Mobile-Expo_2

मोबाइल कम्प्लेक्समा एक्स्पोको दोस्रो दिन ५० हजार भन्दा बढि मोबाइल ग्राहकहरुले अवलोकन तथा मोबाइल खरिद गरेको आयोजकले जानकारी दिएको छ । एक्स्पो आयोजक तथा सामसुंग मोबाइल एण्ड इलेक्ट्रोनिक्सका गुरुदत्त शर्माले मोबाइल कम्प्लेक्स तथा एक्स्पोको पहिलो दिनदेखि नै मोबाइल खरिद तथा भ्रमणका लागि उल्लेख्य मात्रामा ग्राहकहरु तथा अवलोकनकर्ताहरुको भिड देखिएको बताए । उनले सबैभन्दा बढि मोबाइल एक्सचेन्जमा ग्राहकहरुको उत्साह देखिएको दाबी गरे ।Mobile-Expo_3

ललितपुर मोबाइल कम्प्लेक्सले संचालन गरेको मल्टिब्राण्ड मोबाइल शोरुममा ४० भन्दा बढि मोबाइल ब्राण्डहरु, मोबाइल पसलहरु तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आएका छन् । त्यस्तै नेपालमा सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको यो कम्प्लेक्समा सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिने दाबी गरिएको छ ।Mobile-Expo_1

भदौ २५ गतेदेखि ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्सपो २०७२ आयोजना भईरहेको हो । कम्प्लेक्सको शुभारम्भको अवसरमा आयोजना भएको मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराईएको छ ।

एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्रमार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिने आयोजकले जानकारी दियो ।

मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिन्दालगायत ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

easy care

प्रकाशित: २६ भाद्र २०७२, शनिबार