केटिएम बाईकको आयातकर्ता तथा बिक्रेतामा के.आई.ट्रेडिङ्ग नियुक्त

Technology Khabar २६ भाद्र २०७२, शनिबार

केटिएम बाईकको आयातकर्ता तथा बिक्रेतामा के.आई.ट्रेडिङ्ग नियुक्त

काठमाडौं ।

काठमाडौं, २६ भदौ । के.आई.ट्रेडिङ्ग प्रा लि. बेनेली ब्राण्डका मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएको छ । कम्पनीले ईटालियन कम्पनी बेनेलीका तीन नयाँ मोडलहरु टीएनटी ३००, ६०० आई, तथा ६००जीटी केही दिनमै सार्वजनिक गरिने छ ।

बेनेली ब्राण्डका मोटरसाइकल तथा अन्य उत्पादनहरुको विक्रीपछिको सेवा पनि के.आई.ट्रेडिङ्ग प्रा लि.ले नै प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नाडा अटो शो को अवसर पारेर यहि भदौ २९ गतेदेखि बेनेली मोटरसाइकलको पुर्व विक्री शुभारम्भ कार्यक्रमको आयोजना गरिने छ ।

टीएनटी ३०० बाईकको शुरुआती मूल्य रु. ६ लाख ६५ हजार, ६०० आईको १५ लाख ५० हजार र ६०० जीटी बाईकको १६ लाख ५० हजार रहेको भने शुरुमा बूकिङ गर्नेहरुलाई रु. २५ हजार नगद छुट समेत दिइने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Sajilo Visa

प्रकाशित: २६ भाद्र २०७२, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार