अर्थमन्त्रीद्धारा ललितपुर मोबाइल कम्प्लेक्सको उदघाट्न, मोबाइल एक्स्पो २०७२ शुरु

Technology Khabar २६ भाद्र २०७२, शनिबार

अर्थमन्त्रीद्धारा ललितपुर मोबाइल कम्प्लेक्सको उदघाट्न, मोबाइल एक्स्पो २०७२ शुरु

काठमाडौं ।

काठमाडौं । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोष भवनमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्स औपचारिकरुमा संचालनमा आएको छ । त्यसैगरी मोबाइल कम्प्लेक्सले अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम पनि शुक्रबारदेखि संचालनमा ल्याएको छ ।

अर्थमन्त्री डा.रामशरण महतले ललितपुर मोबाइल कम्प्लेक्स तथा मोबाइल एक्स्पो २०७२ उदघाटन गर्दै हरेक प्रकारका सामाग्रीहरु एकै स्थानमा खरिद गर्न सकिने गरि मलहरु खोलिनु आवश्यक भएको बताए । उनले समाज आधुनिकिकरणतर्फ उन्मुख भएको भन्दै यस्ता सपिंग मलहरुले आर्थिक गतिविधि बढाउन सहयोग गर्ने स्पष्ट पारे । उक्त कार्यक्रममा अर्थमन्त्री डा. महतले अहिले तराईका जिल्लाहरु बन्द गर्ने तथा भन्सार नाकाहरुलाई ठप्प पारेर काठमाडौंलाई बन्दि बनाउन खोजेको आरोप लगाएका थिए ।MobilesKhabar

उदघाट्न कार्यक्रममा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुरमा पहिलो पटक व्यवस्थितरुपमा सपिंग मलको स्थापना भएको भन्दै यो छोटो अवधिमा नै स्थापित हुने विश्वास व्यक्त गरे । कम्प्लेक्सका अध्यक्ष बस्नेतले कम्प्लेक्सको शुभारम्भसँगै मोबाइल एक्स्पोको आयोजना गरिएको जानकारी दिँदै एक्स्पो अवधिभर मल्टिब्राण्ड शोरुमबाट ४० भन्दा बढि ब्राण्डका मोबाइलहरुमा विशेष छुट दिईने बताए ।MobilesKhabar_4

कार्यक्रममा ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले आर्थिक गतिबिधि बढाउन यो मलले सहयोग गर्ने अपेक्षा गर्दै मल हरेक पुस्ताका ग्राहकहरुको लागि उपयुक्त रहेको दाबी गरे । उनले ललितपुर जिल्लामा नै पहिलो पटक व्यवस्थितरुमा मल संचालन गरिएको भन्दै ग्राहकहरुले सूपथ मूल्यमा अधिकतम सेवा सुविधा प्राप्त गर्ने बताए ।MobilesKhabar_2

एक्स्पोको पहिलो दिन नै २० हजारभन्दा बढि अवलोकनकर्ताहरुले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

ललितपुर मोबाइल कम्प्लेक्सले संचालन गरेको मल्टिब्राण्ड मोबाइल शोरुममा ४० भन्दा बढि मोबाइल ब्राण्डहरु, मोबाइल पसलहरु तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आउने छन् । त्यस्तै नेपालमा सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना हुनेछ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको यो कम्स्प्लेक्समा सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिने दाबी गरिएको छ ।MobilesKhabar_7

त्यसैगरी भदौ २५ देखि ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्सपो २०७२ आयोजना हुनेछ । कम्प्लेक्सको शुभारम्भको अवसरमा मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछन् । एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्रमार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिने बताईएको छ ।

मोबाइल एक्स्पोको अवसर पारेर मोबाइल कम्प्लेक्समा नेपालमै पहिलो पटक नौलो किसिमले मोबाइल एक्सचेन्ज गर्ने सुविधा राखिएको छ । उक्त मोबाइल एक्स्पोमा मोबाइल एक्सचेन्जका लागि मोबाइल भ्यालुएटर राखिनेछ । मोबाइल सम्बन्धि दक्ष र अनुभवि मोबाइल भ्यालुएटरले पुरानो मोबाइलको अधिकतम मूल्य तोकेर एक्सचेन्ज गराउने व्यवस्था मिलाईएको जानकारी दिईयो ।MobilesKhabar_5

मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिन्दालगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।

एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिनेछ । त्यसैगरी भूकम्प पिडितलाई स्मार्टफोनको खरिदमा ८ जीबीको मेमोरीकार्ड निशुल्क दिईने छ । मोबाइल एक्स्पोमा प्रवेशका लागि टिकट दर रु १०० तथा विद्यार्थीका लागि रु ५० तोकिएको मोबाइल कम्प्लेक्सले जनाएको छ ।

easy care

प्रकाशित: २६ भाद्र २०७२, शनिबार