हुवावेले दुबैतिर घुमेको डिस्प्लेसहितको स्मार्टफोन ल्याउँदै, सामसुंग ग्यालेक्सी एस६ एज जस्तै हुनसक्ने

Technology Khabar २३ भाद्र २०७२, बुधबार

हुवावेले दुबैतिर घुमेको डिस्प्लेसहितको स्मार्टफोन ल्याउँदै, सामसुंग ग्यालेक्सी एस६ एज जस्तै हुनसक्ने
हुवावेको मेट एस । तस्विरः गूगल

काठमाडौं ।

काठमाडौं, २४ भदौ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले कर्ब्ड स्क्रीन भएका मोबाइल डिभाइस उत्पादन गर्ने कार्यमा जुटेको समाचारहरु बाहिर आएका छन् । चीनमा निकै ससक्त स्थानमा रहेको कम्पनीले विश्व बजारमा आफ्ना उत्पादनहरुको बजार हिस्सा बढाउन कर्ब्ड स्क्रीन भएका मोबाइल डिभाइस ल्याउन लागेको बताईएको छ ।

हुवावेले आगामी वर्ष २के (2K) स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको चर्चा आउन शुरु भएको छ । यो स्मार्टफोनमा दुबैतर्फ घुमाउरो घेरा भएको क्वाड एचडी रिजोल्यूशनको सूपर एमोलेड (Super AMOLED) डिस्प्ले रहनसक्ने बताईएको छ । यो स्मार्टफोनको डिस्प्ले रिजोल्यूशन २५६०X१४४० पिक्सेल हुनेछ ।

हुवावेले महिनाको ३ मिलियन प्यानेलहरु व्यापक मात्रामा उत्पादन गर्ने योजना गरिरहेको बताएको छ । यो आधारमा हेर्दा कम्पनीले एकै महिनामा लाखौं उत्पादनका मोडलहरु तयार गर्नसक्नेछ ।

नयाँ स्क्रीनको डाईग्नल कति हुन्छ भन्ने अझै स्पष्ट छैन्। तर हालै सार्वजनिक भएको हुवावे मेट एसमा भने ५.५ इच्नको १०८० पिक्सेल भएको एमोलेड डिस्प्ले राखिएको छ ।

अर्कोतर्फ हुवावेलाई सूपर एमोलेड डिस्प्ले सामसुंगले उपलब्ध गराउने बताईएको छ, यसका साथै सामसुंगले प्यानेल पनि आपूर्ति गर्ने बताईएको छ । सामसुंगले आफ्ना डिभाइसमा प्रयोग भएका सामाग्रीहरु अन्य प्रतिस्पर्धिलाई आपूर्ति गर्न नहुने भन्ने पक्षमा छैन् । त्यसैले यो हुवावेको स्क्रीन सामसुंगको ग्यालेक्सी एस ६ एज (Samsung Galaxy S6 Edge) मा भएको जस्तै हुनसक्ने संभावना रहेको छ ।

पछिल्ला दिनहरुमा हुवावेले यूरोप तथा उत्तर अमेरिकाको बजारमा आफूलाई ससक्तरुपमा उपस्थित गराउनका लागि नयाँ र सक्षम डिभाइस उत्पादन गर्नुपर्ने आवश्यकता रहेको छ । सोहि आधारमा कम्पनीले यो कदम चालेको अनुमान टेक विश्लेषकहरुले गरेका छन् । एजेन्सीहरु

easy care

प्रकाशित: २३ भाद्र २०७२, बुधबार