Technology Khabar २२ भाद्र २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २२ भदौ । माइक्रोम्याक्सको एउटा डिभिजनको रुपमा रहेको यू(Yu) ब्राण्डले सस्तो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यू ब्राण्डमा यू यूनिक (Yu Yunique) स्मार्टफोन चौथो फोनको रुपमा सार्वजनिक गरेको हो। यो स्मार्टफोनको मूल्य भारु ४,९९९ अर्थात ७५ डलर मात्र रहेको छ । यो स्मार्टफोनलाई कम्पनीले विश्वमा नै सबैभन्दा सस्तो फोरजी (4G) एचडी स्मार्टफोनको रुपमा दाबी गरेको छ ।
माइक्रोम्याक्सको यू यूनिक स्मार्टफोन ई कमर्श साइट स्न्यापडीलबाट मात्र बिक्री गरिनेछ ।
यो स्मार्टफोनमा ४.७ इन्चको आईपीएस एलसीडी डिस्प्ले राखिएको छ । जसको पिक्चर रिजोल्यूशन ७२० पिक्सेल रहेको छ । यो स्मार्टफोनको स्क्रीनलाई गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ ।
यो फोनमा १.२ गीगाहर्जको ६४ बिट भएको क्वाल कमको क्वाड कोर स्न्यापड्रयागन ४१० प्रोसेसर राखिएको छ भने १ जीबीको र्याम रहेको छ । फोनमा ८ जीबीको इन्टरनल स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डको सहयोगबाट ३२ जीबीसम्म बढाउन सकिन्छ । यसमा एड्रेनो ३०६ पनि रहेको छ ।
यू यूनिक स्मार्टफोनमा ८ मेगापिक्सेलको अटो फोकस रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने झिक्न नमिल्ले किसिमको २,००० एमएएचको ब्याट्री रहेको छ । यसको ब्याट्रीले सात घण्टासम्मको टक टाइम तथा २७१ घण्टासम्मको स्ट्याण्डबाई टाइम दिने कम्पनीले दाबी गरेको छ ।
एन्ड्रोयडको ललीपप ५.१.१ भर्सनको अपरेटिंग सिस्टममा संचालन हुने यो स्मार्टफोनमापछि साइनोजे १२.१ अपरेटिंग सिस्टम इन्टल गर्न सकिने अप्शन प्रयोगकर्तालाई दिईएको छ ।
यो स्मार्टफोन केहि कम्प्याक्ट तथा हलुका हुने भएपनि गुणस्तर र फिनिसिंगमा निकै ध्यान दिईएको देखिन्छ ।
माइक्रोम्याक्सको नयाँ स्मार्टफोनमा कनेक्टिभिटीका लागि वाईफाई, हटस्पट, जीपीएस, ब्लूटूथ ४.० माइक्रो यूएसबी २.० भर्सन रहेको छ ।
यो स्मार्टफोन हेर्दा निकै आकर्षक देखिन्छ । यूनिक स्मार्टफोनका लागि आजै बेलुका ६ बजेदेखि स्न्यापडिलमा रजिस्ट्रेशन शुरु भईसकेको छ र फोन हरेक मंगलवार १२ बजे दिउँसो आगामी सेप्टेम्बर १५ तारिखदेखि बिक्री हुनेछ ।
प्रकाशित: २२ भाद्र २०७२, मंगलवार