सेजन र एसआरसीएसबिच पूँजीबजार सम्बन्धी तालिम दिने सम्झौता

Technology Khabar २२ भाद्र २०७२, मंगलवार

सेजन र एसआरसीएसबिच पूँजीबजार सम्बन्धी तालिम दिने सम्झौता

काठमाडौं ।

काठमाडौं, २२ भदौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सेक्युरिटिज रिसर्च सेण्टर एण्ड सर्भिसेज (एसआरसीएस)सँगको सहकार्यमा आर्थिक पत्रकारलाई निःशुल्क पूँजीबजार सम्बन्धी तालिम दिने भएको छ ।

सेजन र एसआरसीएसबिच सो सम्बन्धी समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । समझदारीपत्रमा सेजन अध्यक्ष गोकर्ण अवस्थी र एसआरसीएसका अध्यक्ष रविन्द्र भट्टराईले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सेजनको सिफारिसमा एसआरसीएसले पत्रकारहरुलाई निःशुल्क तालीम दिनेछ । सो तालीम सात दिनको हुने र त्यसमा स्टक मार्केटसम्बन्धी जानकारी, प्राथमिक र दोस्रो बजार, कम्पनी छनोटका साथै कम्पनीका विवरण हेर्ने तथा शेयर बजार सम्बन्धी समाचार लिने र बुझ्ने तरिकाहरुका बारेमा विस्तृतमा जानकारी दिइने भट्टराईले जानकारी दिए ।

सन् १९९८ मा स्थापना भएको सेजनमा नेपालका छापा, रेडियो, टेलिभिजन तथा अनलाईन माध्यममा कार्यरत २४९ आर्थिक पत्रकार सदस्य छन् । त्यस्तै, एसआरसीएसले पूँजीबजार सम्बन्धमा अध्ययन अनुसन्धान र तालीम सञ्चालन र पुस्तकलगायत सामग्री प्रकाशन गर्दै आएको छ ।

Sajilo Visa

प्रकाशित: २२ भाद्र २०७२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार