माइक्रोम्याक्स क्यानभास स्लिभर ५ नेपाली बजारमा

Technology Khabar २२ भाद्र २०७२, मंगलवार

माइक्रोम्याक्स क्यानभास स्लिभर ५ नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, २२ भदौ । विश्वको १० ठूलो मोवाइल ब्राण्डहरु मध्येको माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास स्लिभर ५ (Canvas Sliver 5) सार्वजनिक गरेको छ ।

क्यानभास स्लिभर ५ मा विशेष किसिमका प्रोसेसिङ्ग रहेको छ र यो फोन एन्ड्रोयड ललीपप ५.० भर्सनमा आधारित रहेको छ । यो फोनमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने फोनमा ४.८ इन्चको एमोलेड (AMOLED) डिस्प्ले रहेकोछ, जसलाई गोरिल्ला ग्लासद्धारा सुरक्षित पारिएको छ ।Pic1

क्यानभास स्लिभर ५ फोनमा सोनीको आइएमएक्स २१९ सेन्सर सहितको ८ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ, जसमा फोरपी लार्जेन लेन्स तथा ब्लू ग्लास फिल्टरको सहयोगमा विस्तृतरुपमा फोटो खिच्न सकिने बताईएको छ । त्यसैगरी यसमा सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

क्यानभास स्लिभर ५ मा २ जीबीको र्याम छ भने १६ जीबीको इन्टरनल मेमोरी रहेको छ । यसमा कनेक्टिभिटीका लागि फोरजी, ब्लूटूथ, जीपीएसलगायतका अप्शनहरु राखिएको छ । फोनमा रहेको २,००० एमएएच ब्याट्रीबाट ८ घण्टासम्म मोबाइल प्रयोग गर्न सकिने बताईएको छ ।Pic2

यसमा एनएक्सपी स्मार्टपावर एम्प्लिफायर र डिरेक्ट एचडी साण्डको मद्दतले क्लियर साउन्ड र बुमिङ्ग बेसबाट मनोरञ्जन गर्न सकिन्छ ।

ग्राहकहरुलाई सुविधा प्रदान गर्नको लागि क्यानभास स्लिभर ५ मा हाउजिंग, एप सेन्टर, स्क्यान्डिड, स्न्यापडील, न्यूजहन्टजस्ता एप्सहरुबाट प्री लोडेड गरिएको छ । नेपालमा भित्रीएको यो स्मार्टफोन विश्वको सबैभन्दा पातलो स्मार्टफोनको रुपमा माइक्रोम्याक्सले सार्वजनिक गरेको थियो । यो स्मार्टफोन केबल ५.१ मिलिमिटर मोटाइको रहेको छ भने यसको तौल ९७ ग्राम मात्रै छ ।

माइक्रोम्याक्स क्यानभास स्लिभर ५ को स्थानिय बजारमा कति मूल्य पर्दछ भन्ने कुनै जानकारी कम्पनीले दिएको छैन् ।

यो पनि हेर्नुहोस्

माइक्रोम्याक्सले विश्वको सबैभन्दा पातलो र हलुका स्मार्टफोन ल्यायो, मोटाई ५.१ मिमी तथा तौल ९७ ग्राम

Sajilo Visa

प्रकाशित: २२ भाद्र २०७२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार