बजाजद्वारा दसैँ तिहारका लागि “बजाज क्याशम्यान“ योजना प्रस्तुत

Technology Khabar २२ भाद्र २०७२, मंगलवार

बजाजद्वारा दसैँ तिहारका लागि “बजाज क्याशम्यान“ योजना प्रस्तुत
Classic Tech

काठमाडौँ, २२ भदौ । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्दले नयाँ र  रोमाञ्चक योजनाहरु ल्याउने क्रममा दसैँ तिहारका लागि “बजाज क्यास-म्यान“ योजना प्रस्तूत गरेकोछ । यो योजना भदौ २० गतेदेखि सुरु भएको छ ।

योजनाको अवधिभर बजाज बाइक खरिद गर्ने हरेक ग्राहकहरुलाई एउटा स्क्र्याच कूपन दिइनेछ । हरेक स्क्र्याच कुपनबाट ग्राहकले रु. ६,००० देखि १ लाखसम्म नगद पुरस्कार तुरुन्त प्राप्त गर्न सक्नेछन् भने लकी ड्र मार्फत हरेक दिन एकजनाले रू. १ लाख जित्नेछन् । यस योजनामा भाग लिनका लागि ग्राहकहरुले नेपालका विभिन्न भागमा भएका बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक खरिद गरेको हुनुपर्ने कम्पनीले जनाएको छ  ।

कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, “एच.एच. बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध छ ।”

TK Viber

प्रकाशित: २२ भाद्र २०७२, मंगलवार

Loading...