Technology Khabar २० भाद्र २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, २० भदौ । बर्लिनमा आयोजना भईरहेको विश्वको सबैभन्दा ठूलो टेक शो आईएफए २०१५ को पहिलो दिन सामसुंगले विश्वको पहिलो अल्ट्रा हाई डेफिनिशन ब्लू रे प्लेयर सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको यो डिभाइसमा यूजर्सले यूएचडी क्वालिटिको भिडियोहरु हेर्न सक्नेछन् ।
अल्ट्रा हाई डेफिनिशनको अर्थ एचडी क्वालिटिभन्दा ४ गुणा ज्यादा रिजोल्यूशनसहितको गुणस्तर भएको भिडियो भन्ने बुझिन्छ ।
सामसुंगको डिभाइसमा ६५ इन्चको कब्र्ड डिस्प्ले रहेको छ । यो डिभाइसको मूल्य करिब १०,००० अमेरिकी डलर अर्थात १६ लाख नेपाली रुपैंया हाराहारी हुने अनुमान गरिएको छ । तर यो डिभायस बजारमा कहिलेदेखि बिक्री हुन्छ भन्ने कुनै जानकारी कम्पनीले दिएको छैन् ।
आगामी केहि समयपछि ब्लू रे फम्र्याटमा दुईवटा हलिवुडका फिल्महरु रिलिज हुने तरखरमा छन् । ‘फ्यान्टास्टिक फोर’ तथा ‘किंग्सम्यानः द सिक्रेट सर्भिस’ नामक हलिवुड फिल्महरु रिलिज हुनेछन् । यी फिल्महरु हेर्न यो डिभाइस उपयुक्त हुनेछ भने यसका साथै गेमिंगका लागि पनि यसलाई प्रयोग गर्न सकिनेछ ।
सामसुंग कम्पनीले ब्रोडकास्टर्ससँग यो फम्यार्टमा छिटोभन्दा छिटो फिल्महरु उपलब्ध गराउने बारेमा कुराकानी गरिरहेको छ ।
प्रकाशित: २० भाद्र २०७२, आईतवार