सेल्फीका लागि दुईवटा क्यामरा भएको ‘लेनोभो भाइब एस वान’

Technology Khabar १८ भाद्र २०७२, शुक्रबार

सेल्फीका लागि दुईवटा क्यामरा भएको ‘लेनोभो भाइब एस वान’

काठमाडौं ।

काठमाडौं, १८ भदौ । स्मार्टफोन मेकर लेनोभोले आईएफए २०१५ मा विभिन्न उत्पादनहरु सार्वजनिक गरको छ । कम्पनीले आईडियाप्याड, ल्यापटप, योगा ट्याबलेटका साथ तीन वटा नयाँ स्मार्टफोन पनि सार्वजनिक गर्यो । लेनोभोले भाइव एस वान, पी वान, पी वान एम नाममा तीन वटा स्मार्टफोनहरु लन्च गरेको हो । यो मध्ये पनि लेनोभो भाइव एस वानमा ड्यूअल फ्रन्ट क्यामरा राखिएको छ, जुन उच्च गुणस्तरीय सेल्फी खिच्नका लागि डिजाइन गरिएको हो ।Lenovo Vibe S1

लेनोभो भाइव एस वान (Lenovo Vibe S1) स्मार्टफोनको दुई वटा सेल्फी क्यामराले कसरी काम गर्दछ भन्ने जिज्ञासा हुनु स्वभाविक हो । यो क्यामरा संचालन हार्डवेयरका साथै सफ्टवेयरको सहयोग हुनेछ । एउटा क्यामरा फोटो डिटेलमा काम गर्दछ भने अर्को क्यामराको काम यसलाई री फोकस गर्नु हुनेछ । दुई क्यामरामध्ये एउटाले फोटोको ब्याकग्राउण्डमा केन्द्रित हुनेछ भने अर्को क्यामरा सब्जेक्टलाई फोकस गर्नेछ । दुबै क्यामराले एकै साथ काम गर्ने तथा उच्च स्तरको फोटो खिच्न सक्ने बताईएको छ ।lenovo_Vibe S1_1

लेनोभोको यो स्मार्टफोनमा ५ इन्चको फूल एचडी डिस्प्ले रहेको छ । जसलाई कोर्निंग गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित पारिएको छ ।

यसमा ६४ बिटको १.७ गीगाहर्जको अक्टा कोर मिडिया टेक प्रोसेसर राखिएको छ भने ३ जीबीको र्याम रहेको छ । फोनमा ३२ जीबीको इन्टरनल स्टोरेज छ, जसलाई मेमोरी कार्डद्धारा बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

एन्ड्रोयडको ललीपप ५.० मा आधारित यो स्मार्टफोनमा फोरजी थ्रीजी, ब्लूटूथ, जीपीएसलगायतका कनेक्टिभीटिको सुविधा रहेको छ । फोनमा २,५०० एमएएचको ब्याट्री राखिएको छ ।

त्यसैगरी लेनोभोले सार्वजनिक गरेको भाइव पी वान (Vibe P1) र भाइब पी वानएम (Vibe P1m) मा फूल एचडी डिस्प्ले, कोर्निंग गोरिल्ला ग्लास ३ प्रोटेक्सन,लगायतका फीचर्स छन् । दुबै फोनको ब्याट्री भने निकै शसक्त रहेको छ ।lenovo Vibe P1

लेनोभो भाइब पी वानमा निकै शक्तिशाली ब्याट्री रहेको छ, जसमा ५,००० एमएएचको ब्याट्री छ भने अर्को स्मार्टफोन पी वानएममा ४,००० एमएएचको शक्तिशाली फोन राखिएको छ ।

लेनोभो भाइब एस वानको मूल्य २९९ अमेरिकी डलरदेखि शुरु हुन्छ भने भाइब पीवानको मूल्य २७९ डलरदेखि र पी वानएमको मूल्य १५९ डलरदेखि शुरु हुनेछ । यी डिभाइसहरु नोभेम्बरदेखि विश्व बजारमा आउने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: १८ भाद्र २०७२, शुक्रबार