पानासोनिकको पहिलो फोर के टेलिभिजन, मूल्य करिब १० लाख रुपै‌याँ

Technology Khabar १८ भाद्र २०७२, शुक्रबार

पानासोनिकको पहिलो फोर के टेलिभिजन, मूल्य करिब १० लाख रुपै‌याँ

काठमाडौं ।

काठमाडौं, १८ भदौ । पानासोनिक कम्पनीले बर्लिनमा चलिरहेको आईएफए इभेन्ट-२०१५ मा आफ्नो पहिलो फोर के ओएलईडी (4K OLED) टेलिभिजन सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको ६५ इन्चको फोर के भिएरा सीजेड-९५० टेलिभिजनमा हलिउडका व्यवसायिक रंग संयोजनकर्ता माइक सोवासँगको सहकार्यमा कलर टोन मिलाएको छ ।

यो टेलिभिजनमा भएको हरेक पिक्सेलले आफ्नै लाइट तथा कलर प्रदान श्रृजना गर्ने कम्पनीले बताएको छ, जुन अन्य ओएलईडी स्क्रीनहरुभन्दा फरक हो ।

पानासोनिकको नयाँ टेलिभिजनको यो फंगसन तथा अन्य मूभि इमेज अप्टिमाइजेसन फीचर्स प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले टिभीको ट्रू सिनेमा पिक्सर प्रिसेट छनौट गर्नुपर्ने हुन्छ ।

पानासोनिकले आफ्नै प्रोसेसर प्रयोग गरेको यो टिभी आल्मुनियमको स्ट्याण्डका साथमा आउँछ ।

पानासोनिकले सार्वजनिक गरेको यो टेलिभिजनको पिक्सेल रिजोल्यूशन फूल एचडी स्क्रीनको भन्दा चार गुणा बढि हुन्छ ।

पानासोनिकको यो टेलिभिजन आगामी महिना बजारमा आउने अपेक्षा गरिएको छ भने यसको मूल्य करिब १०,००० अमेरिकी डलर अर्थात १० लाख ७० हजार रुपैंया हाराहारी हुनेछ ।

easy care

प्रकाशित: १८ भाद्र २०७२, शुक्रबार