Technology Khabar १७ भाद्र २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १७ भदौ । चीनियाँ स्मार्टफोन कम्पनी जियोनीले आफ्नो सफल ईलाइफ एस ५.१ स्मार्टफोनको प्रो भर्सन घोषणा गरेको छ । यो स्मार्टफोन गत वर्ष नै कम्पनीले ल्याएको ईलाइफ एस ५.१ को अपग्रेड भर्सन हो ।
कम्पनीले ल्याएको एस ५.१ प्रो (Gionee S5.1 Pro) स्मार्टफोनमा ठूलो डिस्प्ले, राम्रो जीपीयू, अधिक र्याम, उच्चस्तरको क्यामरा रिजोल्यूशन तथा माइक्रो एसडी कार्ड स्लटलगायतका सुविधा थप गरेको छ ।
तर स्रोतका अनुसार कम्पनीले प्रो घोषणा गरेसँगै ईलाइफ भन्ने आफ्नो विशेषण पनि एस ५.१ प्रो स्मार्टफोन आएसँगै हटाएको छ ।
नयाँ जियोनी एस ५.१ प्रोमा ५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ, जसलाई २.५डी गोरिल्ला ग्लास फोरद्धारा सुरक्षित गरिएको छ । यो स्मार्टफोन मिडिया टेक एमटि ६७५३ चीपसेटमा संचालन हुन्छ । जसमा १.३ गीगाहर्जको अक्टाकोर कोर्टेक्स ए ५३ चीप प्रयोग गरिएको छ भने माली ७२० एमपी३ जीपीयू राखिएको छ ।
जियोनीको नयाँ स्मार्टफोनमा २ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल मेमोरी राखिएको छ, जसलाई माइक्रो एसडि कार्डद्धारा बढाउन सकिन्छ । यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । फोरजी एलटीई सपोर्ट गर्ने यो स्मार्टफोनमा २४०० एमएएचको ब्याट्री रहेको छ ।
जियोनी एस ५.१ प्रो ६.३५ एमएम मात्रै पातलो छ भने १२९ ग्राम तौलको रहेको छ । यो स्मार्टफोन यसको पूर्ववर्ति स्मार्टफोनजस्तै ड्यूल ग्लास डिजाईन ग्लू विद मेटल फ्रेममा रहेको छ ।
जियोनीको नयाँ स्मार्टफोनमा दुई सिम सपोर्ट गर्दछ भने एन्ड्रोयडको ललीपप ५.१मा आधारित रहेकोछ । जसमा जियोनीका आफ्नै लन्चर अमिगो ३.० भर्सन राखिएको छ । जियोनी एस ५.१ प्रो स्मार्टफोन गोल्ड फ्रेमसहितको ह्वाइट कलरमा मात्र उपलब्ध हुने बताईएको छ ।
जियोनीको यो स्मार्टफोन चीनियाँ बजारमा यहि सेप्टेम्बरमा उपलब्ध हुनेछ, जसको मूल्य करिब ३०० अमेरिकी डलर राखिने अनुमान गरिएको छ । विश्व बजारमा यो स्मार्टफोन कहिले उपलब्ध हुन्छ भन्ने केहि जानकारी भने छैन् । जिएसएम एरेनाबाट
प्रकाशित: १७ भाद्र २०७२, बिहीबार