Technology Khabar १७ भाद्र २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १७ भदौ । एन्टीभाइरस उत्पादक कम्पनी क्यास्परस्की ल्याबले उत्पादन गरेको एन्टीभाइरसहरुको चार नयाँ संस्करण नेपाली बजारमा बिक्री सुरु भएको छ।
क्यास्परस्की ल्याबको नेपालका लागि आधिकारिक बिक्रेता सागर इन्फोसिसले क्यास्परस्की एन्टीभाइरस २०१६, क्यास्परस्की इन्टरनेट सेक्युरिटी २०१६, क्यास्परस्की इन्टरनेट सेक्युरिटी-मल्टी डिभाइस २०१६ र क्यास्परस्की टोटल सेक्युरिटी मल्टी डिभाइस-२०१६ को बिहिवारदेखि बिक्री शुरु भएको जानकारी दिएको छ।
कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनमा क्यास्परस्कीको नयाँ प्रडक्टहरु क्यान महासंघका अध्यक्ष विनोद ढकाल, क्यास्परस्की ल्याब-दक्षिण एशियाका मार्केटिङ म्यानेजर पल्लब अग्रवाल र सागर ग्रुपका सदस्यहरुले सार्वजनिक गरे।
कार्यक्रममा सागर इन्फोसिसका प्रबन्ध निर्देशक बासुदेव लाखेले नेपाली बजारमा क्यास्परस्की एण्टीभाइरसले ६५ प्रतिशत बजार ओगटेको बताउँदै नयाँ संस्करणले मोबाइल डिभाइसहरुलाई बिशेष ध्यान दिएको बताए । त्यसै क्यान महासंघका अध्यक्ष बिनोद ढकालले यो एण्टीभाइसरले नेपालमा साइबर अपराध रोक्न सहयोग गर्ने आशा व्यक्त गरे ।
यी एन्टीभाइरसहरुले डेक्सटप, ल्यापटपसँगै ट्याब्लेट र स्मार्टफोनहरुलाई पनि भाइरसको संक्रमणबाट जोगाउने र डाटाहरु सुरक्षित राख्न सहयोग गर्ने सागर इन्फोसिसले जानकारी दिएको छ।
नयाँ प्रडक्टको बिक्री सुरुवातको अवसर पारेर मुल्यमा पनि छुट दिइएको छ। क्यासपरस्कीको एन्ड्रोइड मोवाइल सेक्युरिटी डिभाइसको अधिकतम मुल्य घटाएर १२ सय रुपैयाँ कायम गरेको छ। कम्पनीकाअनुसार यसको अफर मूल्य ८ सय ५० रुपैयाँमा किन्न सकिनेछ। यसलाई बिना सपोर्ट खरिद गर्नेले ६ सय रुपैयाँमा नै पाउने कम्पनीले जनाएकोछ।
यसैगरी अन्य एन्टी भाइरस तथा इन्टरनेट सेक्यूरिटी प्रडक्टहरुमा पनि ४० देखि ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ। धेरै परिमाणमा इन्टरनेट खरिद गर्ने स्कुल, कलेज, विद्यार्थी, कर्पोरेट, सरकारी कार्यालय, सञ्चार माध्यम, एनजिओ आइनजिओलाई थप छुट दिइएको कम्पनीले जानकारी दियो।
प्रयोगकर्ताको डिजिटल परिचय सम्बन्धी युजरनेम, पासवर्ड, क्रेडिट कार्ड विवरण लगायतका व्यक्तिगत डाटाहरु चोरी गर्न बनाइने नक्कली वेबपेज अर्थात फिसिङ् वेबसाइटहरु प्रमुख हतियारका रुपमा प्रयोग गर्दै आएको भन्दै नयाँ संस्करणको एण्टीभाइरसले त्यसलाई रोक्न सक्ने बताईएको छ।
प्रकाशित: १७ भाद्र २०७२, बिहीबार