Technology Khabar १७ भाद्र २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १७ भदौ । जियोनीले चाँडै नै नेपाली बजारमा आफ्नो नयाँ मोडेल एफ १०३ ल्याउने भएको छ । यो मोडेल आकर्षक हुनुका साथसाथै प्रयोगमा पनि उत्कृष्ट रहेको कम्पनीको भनाई छ । यो मोडेलद्वारा जियोनीले डिजाइनमा पनि ध्यान दिने ग्राहकवर्गलाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।
एफ १०३ मा “मिरर डिजाइन” अर्थात पोलिश गरिएको सिसाको फिनिश भएको ब्याक कभर रहेको छ । फोनमा सिल्भर मेटल कोटिङ्ग फ्रेम पनि छ जसले गर्दा फोन अति नै आकर्षक देखिन्छ । फोनको डायमण्ड आकारले फोनलाई सजिलै समात्न सकिनेछ ।
जियोनीको यो नयाँ डुअल–सिम मोडेलमा ५” को एचडि आईपीएस डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन १२८०X७२० पिक्सेल रहेको छ । यो फोनको डिस्प्ले ड्रागन टेल ग्लासद्धारा सुरक्षित गरिएकोछ ।
एफ १०३ मा ६४ बिटको १.३ गिगाहर्जको मिडिया टेक एमटी ६७३५ क्वाड कोर प्रोसेसर रहेको छ र फोनमा एण्ड्रोइड ललीपप ५.० भर्सनमा आधारित जियोनीको आफ्नै सफ्टवेर अमिगो ३.० रहेको छ ।
फोनमा २ जीबीको र्याम छ भने १६ जीबी इन्टरनल मेमोरी रहेको छ, जसलाई कार्डको माध्यमबाट १२८ जीबीसम्म बनाउन सकिने छ ।
एफ १०३ मा थ्री डि सराउन्ड साउण्ड राखिएको छ, जसमा विभिन्न भिडियोहरु हेर्न छुट्टै मज्जा आउने छ । यो फोनमा एलईडी फ्ल्याशसहितको ८ मेगापिक्सलको अटो फोकस रियर क्यामेरा रहेको छ भने फ्रन्ट क्यामेरा ५ मेगापिक्सलको रहेको छ ।
२४०० एमएएचको ब्याट्री सहित एफ १०३ मा एक्स्ट्रिम मोड राखिएको छ जसले ५ प्रतिशत ब्याट्रीमा पनि फोनलाई १६ घण्टाको स्ट्यान्ड बाइ टाईम र १.३ घण्टाको टक टाईम प्रदान गर्नेछ । स्क्रिन बन्द हुँदा समेत जेस्चर कन्ट्रोल फोनमा उपलब्ध हुनेछ ।
दुई सीममा फोरजी सपोर्ट गर्ने जियोनी एफ १०३ को बजार मूल्य १५,९९९ तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १७ भाद्र २०७२, बिहीबार