१०० जीबी क्लाउड स्टोरेजसहितको नेक्स्टबिटको ‘रोबिन’ स्मार्टफोन

Technology Khabar १६ भाद्र २०७२, बुधबार

१०० जीबी क्लाउड स्टोरेजसहितको नेक्स्टबिटको ‘रोबिन’ स्मार्टफोन

काठमाडौं ।

काठमाडौं १६ भदौ । नेक्स्टबिट मोबाइल कम्पनीले आफ्नो नयाँ स्मार्टफोन रोबिन सार्वजनिक गरेको छ । कम्पनीले यो फोन आफ्नो फ्ल्यागशिप फोनको रुपमा ल्याएको छ । नेक्स्टबिटको रोबिन स्मार्टफोन प्रयोगकर्ताका लागि फोनमा स्टोरेजको समस्यालाई ध्यानमा राखेर क्लाउड स्पेस सहित सार्वजनिक गरिएको हो ।

कम्पनीले ठूला उत्पादकहरुसँगको सहकार्यमा स्मार्टफोन प्रयोग गर्ने तरिकालाई परिवर्तन गर्ने गरि नयाँ फोन ल्याएको छ । यो स्मार्टफोन किकस्टार्टर क्याम्पेनको माध्यमबाट खरिद गर्न सकिन्छ ।

नेक्स्टबिटले सबै रोबिन स्मार्टफोन प्रयोगकर्तालाई १०० जीबी को प्राइभेट स्टोरेज बक्स दिने बताएको छ । यो स्मार्टफोन चार्जर तथा वाईफाई नेटवर्कमा कनेक्ट हुन्छ डिभाइसमा भएको यूजर्स डाटा क्लाउडमा स्टोर हुनेछ । यसरी स्मार्टफोनको स्पेस पुन खाली हुनेछ ।Nextbit 2

कम्पनीले ल्याएको यो स्मार्टफोनमा ५.२ इन्चको फूल एचडी डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन १०८०X१९२० पिक्सेल रहेको छ ।

यो फोनमा क्वालकमको २ गीगाहर्जको हेक्सा कोर स्न्यापड्रयागन ८०८ प्रोसेसर प्रयोग गरिएको छ भने ३ जीबीको र्याम रहेको छ । यो स्मार्टफोन ३२ जीबीको इन्टरनल मेमोरी सहित उपलब्ध रहेको छ । तर यसमा स्टोरेज बढाउनका लागि कुनै मेमोरी स्लट छैन् । यसको लागि प्रयोगकर्ताले क्लाउड स्टोरेज प्रयोग गर्न सक्नेछ ।

यो स्मार्टफोन फिंगरप्रिन्ट सेन्सरसहित उपलब्छ हुनेछ । यो स्मार्टफोनमा फेस डिटेक्सन अटोफोकश सहितको १३ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । साथमा यसमा दुईवटा एलईडी फ्ल्याश पनि दिईएको छ । फोनमा सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

नेक्स्टबिट रोबिनमा यूएसबी टाईप सी चार्जिंग पोर्ट पनि राखिएको छ । सिंगल सिम सपोर्ट गर्ने यो स्मार्टफोन फोरजी टेक्नोलोजी सपोर्ट गर्दछ भने कनेक्टिभिटीका लागि थ्रीजी, वाईफाई ब्लूटूथ ४.० भर्सन, नियर फिल्ड कम्यूनिकेसनलगायतको अप्शन रहेको छ । यसमा फ्रन्ट स्टेरियो स्पिकर पनि राखिएको छ भने पावरका लागि २,६८० एमएएचको ब्याट्री राखिएको छ ।

यो स्मार्टफोनको नौलो पक्ष भनेको यसमा पछाडिको भागमा राखिएको नोटिफिकेशन एलईडीहरु हुन्, जसले तपाईँलाई आफ्नो फोनमा के भईरहेको छ भन्ने जानकारी दिन्छ ।Nextbit 3

यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो अपरेटिंग सिस्टममा आधारित रहेको छ । तर कम्पनीले कुन भर्सनमा संचालन हुन्छ भन्ने कुनै जानकारी दिएको छैन् । अपरेटिंग सिस्टमले स्मार्टफोनमा भएको हरेक सामाग्रीलाई क्लाउडमा राख्नेछ । यसले गर्दा स्मार्टफोनमा झुक्किएर पनि कुनै सामाग्री डिलिट भएमा क्लाउडबाट उपलब्ध गर्न सकिनेछ तर त्यसको लागि तपाईँ इन्टरनेटको कनेक्सनमा हुनुपर्नेछ ।

रोबिनको बूटलोडर पनि अनलक रहेको छ, अर्थात यूजरले आफ्नो ईच्छा अनुसार कस्टमाइज्ड रोम पनि अपलोड गर्न सक्नेछ । यो फोन मिन्ट तथा मिडनाइट कलरमा उपलब्ध हुनेछ ।

कम्पनीले १०० जीबीको क्लाउड स्टोरेजका लागि थप रकम नलिने घोषणा पनि गरेको छ । तर त्यो भन्दा अधिक स्पेस चाहिएमा भने थप रकम तिर्नुपर्नेछ ।
कम्पनीले किकस्टार्टरमा राखेको अफरअन्तरगत पहिलो १,००० जना खरिदकर्ताले यो स्मार्टफोन २९९ अमेरिकी डलरमा नै खरिद गर्न सक्नेछ, जबकी यसको रेगुलर किकस्टार्टर मूल्य ३४९ डलर तोकिएको छ । तर यो स्मार्टफोनको रिटेलर मूल्य भने यो भन्दा निकै महंगो अर्थात ३९९ डलर राखिएको छ ।

रोबिनको पहिलो ब्याच सन् २०१६ को जनवरीमा उपलब्ध हुनेछ भने अर्को ब्याच फेब्रुअरीमा तयार हुनेछ । यो फोन आईफोन बनाउने कम्पनी फक्सकनले बनाउनेछ ।
कम्पनीले यो फोन बनाउनका लागि ५ लाख डलरको फंडिंग गोल राखेको छ । यदि कम्पनीले प्री अर्डर बुकिंगबाट यति मूल्य उठाउन सकेन भने कम्पनीले यो हेडसेट निर्माण गर्नेछैन् र बुकिंग गर्नेहरुको रकम फिर्ता गर्नेछ ।

easy care

प्रकाशित: १६ भाद्र २०७२, बुधबार