Technology Khabar १६ भाद्र २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, १६ भदौ । पञ्चकन्या समूहले आफ्नो ४३औं वार्षिकोत्सव एक कार्यक्रमको आयोजना गरी मनाएको छ । सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, वायर्स, प्लाष्टिक र एस.एस वाटर ट्याङ्कका डिलरहरुलाई विभिन्न उपहारबाट सम्मानित गरिएको थियो ।
साथै २० वर्ष सेवा अवधी पूरा गर्ने कर्मचारीहरुलाई सम्मानका र उत्कृष्ट कर्मचारीको घोषणा गरिएको थियो । सो अवसरमा कर्मचारीहरुबीच भएको विभिन्न खेलकुद प्रतियोगितामा बिजयी कर्मचारीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट सिन्धुपाल्चोकका क्षतिग्रस्त स्कूलको लागि स्टीलको पानी ट्यांङ्कीहरु सेभेन समिट वुमनकी सदस्य शैली बस्नेतमार्पmत सहयोग स्वरुप उपलब्ध गराईयो ।
उक्त कार्यक्रममा समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठलगायतले पञ्चकन्याले हालसम्म प्राप्त गरेका सफलता, भावी नीति तथा कार्यक्रम र नयाँ उत्पादन तथा उद्योग सञ्चालन गर्न आईपरेको कठिनाईहरु बारेमा मन्तव्य व्यक्त गरेका कम्पनीले जनाएको छ ।
प्रकाशित: १६ भाद्र २०७२, बुधबार