Technology Khabar १६ भाद्र २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं १६ भदौ । विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गूगलले नयाँ लोगो र ब्राण्डिंग सार्वजनिक गरेको छ । गूगल इंकले सार्वजनिक गरेको यो लोगोको बारेमा मिश्रित प्रतिकृया प्राप्त गरेको छ ।
सन् १९९८ मा सर्च इन्जिन शुरु गरेको कम्पनीले पाँचौ पटक संसोधन गरेको कम्पनीले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ ।
पुन बनाईएको लोगोमा, कम्पनीको होमपेजमा गूगल डुडल देखिन्छ । यसको स्पेलिंग गूगल सान्स सेरिफ टाइपफेसमा देखिन्छ । यो लोगो हेर्दा गूगललको नयाँ होल्डिंग कम्पनी अल्फाबेट जस्तै देखिन्छ । नयाँ लोगो देखाउनको लागि कम्पनीले पुरानो लोगोलाई एक हातबाट मेटाउने र पुन बनाएकोछ ।
गूगलको नयाँ लोगो टि सर्ट, भवन, कम्प्यूटर्स, स्टीकर्सलगायतका हरेकमा प्रयोग गरिएको छ ।
गूगलको यो लोगोमा पनि कम्पनीले पुरानै रंगहरुको छनौट गरेको छ । कम्पनीले लोगोको साथै रातो, पहेँलो, नीलो र हरियो रंगमा बनाईएको जी पनि डिजाइन गरेको छ । यसअघि गूगलले स्मल जी (g) को प्रमनियोग गर्दथ्यो भने कम्पनी अब क्यापिटल जी (G) को प्रयोग गर्नेछ ।
कम्पनीले यसका साथै डायस सर्चमा प्रयोग हुने माइकलाई पनि रंगिन बनाएको छ । त्यसैगरी लोडिंग सिम्बल अर्थात चार डट्सलाई पनि नयाँ तरिकाले डिजाइन गरिएको छ ।
नयाँ ब्राण्डले गूगललाई अधिक पहुँच योग्य तथा प्रयोगकर्ताहरुका लागि उपयोगी हुने कम्पनीको ब्लग पोस्टमा भनेको छ ।
गूगलको अफिशियल पेजकाअनुसार, यो लोगोले गूगल केबल डेस्कटपका लागि थियो भने अब यो सानो भन्दा सानो स्क्रीनमा पनि देखिने छ भन्ने विषयलाई झल्काउँछ ।
प्रकाशित: १६ भाद्र २०७२, बुधबार