पानी र धूलोले पनि केहि नहुने सामसुंगको स्मार्टवाच ‘गियर एस टू’

Technology Khabar १५ भाद्र २०७२, मंगलवार

पानी र धूलोले पनि केहि नहुने सामसुंगको स्मार्टवाच ‘गियर एस टू’
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १५ भदौ । केहि दिन अघि सामसुंगले ग्यालेक्सी एस सिक्स एज प्लस तथा नोट फाईभको लन्चिंग इभेन्टमा देखाएको नयाँ स्मार्टवाच अब औपचारिकरुपमा घोषणा भएको छ ।

सामसुंगले आफ्नो नयाँ स्मार्टवाच गियर एस टू सार्वजनिक गरेको छ । टाइजेन अपरेटिंग सिष्टममा आधारित यो उच्चतहको स्मार्टवाचमा रोटेटिंग बेजल रहेको छ । कम्पनीले बर्लिनमा भएको आईएफए इभेन्टमा यसका दुई संस्करण गियर एस टू(Gear S2) तथा गियर एस टू क्लासिक (Gear S2 Classic) प्रदर्शन गरेको थियो ।

सामसुंग गियर एस टू डार्क ग्रे केशका साथमा ब्ल्याक सिलिकन ब्याण्ड अथवा सिल्भर केशका साथमा ह्वाईट सिलिकन ब्याण्डमा उपलब्ध हुनेछ । साथै क्लासिक मोडेल भने ब्ल्याक केश तथा म्याचिंग लेदर ब्याण्डमा उपलब्ध हुनेछ ।Samsung Gear S2_2

यी स्मार्टवाचमध्ये एस टू मा १ गीगाहर्जको ड्यूल कोर सीपीयू राखिएको छ भने ५१२ एमबीको र्याम तथा ४ जीबीको इन्टरनल मेमोरी राखिएको छ । यो स्मार्टवाचको स्क्रीन १.२ इन्चको पूरै गोलो आकारको छ जसमा सूपर एमोलेड डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन ३६०X३६० रहेको छ ।

यसमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ ४.१, एनएफसी रहेको छ भने थ्रीजी नेटवर्क कनेक्टिभिटी तथा ई सिम संस्करणको स्मार्टवाच पनि उपलब्ध हुनेछ । थ्रीजी सपोर्ट गर्ने स्मार्टवाचको विशेषतामध्ये यो स्मार्टवाचले बिना हेडसेट फोन कल गर्न तथा डाटा पठाउन सक्नेछ ।samsung-gear-s2

सामसुंग गियर एस टू ४२.३X४९.८X११.४ मिलिमिटरको छ भने यसको तौल ४७ ग्रामको छ । त्यस्तै क्लासिक मोडलमा ३९.९X४३.६X११.४ मिलिमिटरको तथा ४२ ग्राम तौलको छ ।

सामसुंगले ल्याएको दुबै स्मार्टफोनहरु हेर्दा सामान्य किसिमको घडिको साइज र लूकमा रहेका छन् । दुबै संस्करणका स्मार्टवाचले आईपी ६८ डस्ट एण्ड वाटर रेसिस्ट रेटिंग पाएको छ । यसको अर्थ यी स्मार्टवाच नुहाउँदाको समयमा सावर प्रयोग गर्दा पनि लगाउन सकिनेछ ।Samsung Gear S2_1

दुबै स्मार्टवाच संचालन गर्नका लागि २५० एमएएचको पावर ब्याकअप रहेकोछ, जसले २ देखि ३ दिनसम्म स्मार्टवाच सामान्य प्रयोग गर्न पुग्दछ । त्यस्तै थ्रीजी सपोर्ट गर्ने स्मार्टवाचमा भने ३०० एमएएचको पावर ब्याकअप रहेको छ, जसले नियमित चलाउँदा पनि २ दिनसम्म पुग्दछ ।

सामसुंगका अनुसार दुबै संस्करणका स्मार्टवाचहरु बिना तार अर्था वायरलेस चार्ज सुविधासहित उपलब्ध रहेका छन् । यी वाचमा एक्सिलेरोमिटर, हर्ट रेट मोनिटर, गाईरोस्कोप, ब्यारोमिटरलगायतका सुविधा रहेका छन् ।

Sajilo Visa

प्रकाशित: १५ भाद्र २०७२, मंगलवार

तपाइको प्रतिक्रिया