सामसुंगको बजेट फोन ग्यालेक्सी जे वान एसमा सूपर एमोलेड डिस्प्ले

Technology Khabar १५ भाद्र २०७२, मंगलवार

सामसुंगको बजेट फोन ग्यालेक्सी जे वान एसमा सूपर एमोलेड डिस्प्ले

काठमाडौं ।

काठमाडौं, १५ भदौ । सामसुंगले बजेट स्मार्टफोनको रुपमा ल्याएको जे सिरिजको नयाँ स्मार्टफोन भारतमा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको बजेट मैत्री स्मार्टफोन ग्यालेक्सी जे वान एस (Galaxy J1 Ace) भारतमा सार्वजनिक भएपनि अहिलेसम्म आधिकारिक घोषणा भएको छैन् ।

कम्पनीले यो स्मार्टफोनको मूल्य भारतमा ६,४०० भारु अर्थात ९६ डलर तोकेको छ, जुन भारतीय बजारमा अफलाईन रिटेलरहरुबाट खरिद गर्न सकिने जीएसएम एरेनाले जनाएको छ ।

यो स्मार्टफोनमा १.३ गीगाहर्जको ड्यूल कोर प्रोसेसर राखिएको छ भने ५१२ एमबीको र्याम रहेको छ । यसमा ४ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई माइक्रो एसडीद्धारा बढाउन सकिन्छ ।

ग्यालेक्सी जे वान एसमा ४.३ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ४८०X८०० पिक्सेल रहेको छ । यो स्मार्टफोनमा १,८०० एमएएचको ब्याट्री रहेको छ ।

जीएसएम एरेनाबाट
जीएसएम एरेनाबाट

जे वान एसमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा आधारित रहेको छ ।

सामसुंगको यो फोनमा कनेक्टिभिटीका लागि थ्रीजी, वाईफाई, ब्लूटूथ ४.०, जीपीएसलगायतका सुविधा छन भने यो फोन कालो तथा सेतो रंगमा उपलब्ध हुनेछ ।

यो स्मार्टफोन सामसुंगको अघिल्लो स्मार्टफोन जे वानको अपग्रेडेड भर्सन भएको विश्लेषकहरुले बताएका छन् ।

easy care

प्रकाशित: १५ भाद्र २०७२, मंगलवार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार