लेनोभोको ६.८ इन्च डिस्प्लेसहितको ‘फ्याब प्लस’

Technology Khabar १५ भाद्र २०७२, मंगलवार

लेनोभोको ६.८ इन्च डिस्प्लेसहितको ‘फ्याब प्लस’

काठमाडौं ।

काठमाडौं, १५ भदौ । चीनियाँ स्मार्टफोन मेकर कम्पनी लेनोभोले सोमबार नयाँ स्मार्टफोन फ्याब प्लस (FHAB Plus) सार्वजनिक गरेको छ । लेनोभोको फ्याब प्लसमा ६.८ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १९२०X१०८० पिक्सेल रहेको छ ।

यो स्मार्टफोनमा ६४ बिटको अक्टाकोर स्न्यापड्रयागन ६१५ प्रोसेसर राखिएको छ भने २ जीबीको र्याम रहेको छ । यो स्मार्टफोनमा ३२ जीबी इन्टरनल मेमोरी रहेको छ । ट्याबलेटको आकारको यो फोनमा दुई सिम प्रयोग गर्न सकिन्छ ।lenovo

लेनोभो फ्याब प्लसमा दुई फ्लाशसहित १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

एन्ड्रोयडको ललीपप ५.० भर्सनमा आधारित यो स्मार्टफोन लेनोभोको अन्य स्मार्टफोनमा राखिएको जस्तै भाईव यूजर इन्टरफेस राखिएको छ ।

यो फोनमा ३,५०० एमएएचको ब्याट्री रहेको छ ।

लेनोभो फ्याब प्लसको बजार मूल्य २,५९९ यूआन(४०७ डलर) अर्थात ४६ हजार ८ सय रुपैंया हाराहारीमा पर्दछ ।

कम्पनीले यो स्मार्टफोन हाल चीनियाँ बजारमा मात्र सार्वजनिक गरेकोछ । यो फोन अन्य बजारमा कहिले र कति मूल्यमा उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।

Sajilo Visa

प्रकाशित: १५ भाद्र २०७२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार