गूगलले क्रोममा सबै फ्ल्याश एडलाई ब्लक गर्ने

Technology Khabar १५ भाद्र २०७२, मंगलवार

गूगलले क्रोममा सबै फ्ल्याश एडलाई ब्लक गर्ने

काठमाडौं ।

काठमाडौं, १५ भदौ । गूगलले इन्टरनेट ब्राउजर गूगल क्रोम (Google Crome) मा सबै फ्ल्याश एडलाई ब्लक गर्ने निर्णय गरेको छ । गूगलका अनुसार गूगल क्रोमका नयाँ अपडेट वेबसाइटमा कुनै पनि फ्ल्याश आधारित अनावश्यक एडलाई आफैं ब्लक गर्नेछ ।

यो वेबसाइटको फ्ल्याश एडका कारण इन्टरनेटमा काम गर्न निकै समस्या भोग्नुपरिरहेको छ । गूगल क्रोममा सबै एड एडोब फ्ल्याश (Adob Flash Player) मा संचालन हुन्छ । गूगल क्रोमको नयाँ भर्सनको अपडेट १ सेप्टेम्बर २०१५ देखि शुरु हुनेछ । गूगल क्रोम ब्राउजर अपडेट हुने बित्तिकै फ्ल्याश एड आफैं ब्लक हुनेछ ।

गूगल क्रोम ब्राउजरको नयाँ अपडेटले फ्ल्याशमा बनाईएको सबै कन्टेन्टलाई ब्लक गर्नेछ । यो अपडेटका साथै वेबसाइटमा अटोमेटीक चल्ने भिडियो तथा फ्ल्याशबाट प्रयोगकर्तालाई मुक्ति दिनेछ । फ्ल्याश ब्लक भएपछि प्रयोगकर्ताको ल्यापटप वा कम्प्यूटरको ब्याट्री पनि बचत हुने बताईएको छ ।

easy care

प्रकाशित: १५ भाद्र २०७२, मंगलवार

ताजा समाचार