इन्स्टाग्राममा ल्याण्डस्केप मोडमा फोटो तथा भिडियो पोस्ट गर्न सकिने

Technology Khabar १५ भाद्र २०७२, मंगलवार

इन्स्टाग्राममा ल्याण्डस्केप मोडमा फोटो तथा भिडियो पोस्ट गर्न सकिने

काठमाडौं ।

काठमाडौं, १५ भदौ । सोशल मिडिया इन्स्टाग्रामले आफ्ना यूजर्सका लागि नयाँ लेआउट अप्शनको सुविधा दिएको छ । सार्वजनिक भएको नयाँ भर्सनमा यूजर्सलाई इन्स्टाग्रामको तर्फबाट फोटोहरु तथा भिडियोहरु ल्याण्डस्केप मोडमा पनि पोस्ट गर्ने सुविधा थप गरिएको छ । यसभन्दा पहिले इन्स्टाग्राममा केबल स्क्वायर फोटो तथा भिडियो फम्र्याटमा पोस्ट गर्ने सुविधा छ ।

सन् २०१२ मा फेसबुकले इन्स्टाग्रामलाई खरिद गरेपछि यो सबैभन्दा बढि परिवर्तन हो । यो परिवर्तन इन्स्टाग्रामका सबै ३०० मिलियन यूजर्ससम्म पुग्नेछ । इन्स्टाग्रामको ब्लग पोस्टका अनुसार हरेक पाँचमध्ये एक फोटो तथा भिडियो जुन शेयरिंग सर्भिसमा शेयर हुन्छ त्यो स्क्वायर फम्र्याटमा हुँदैन् ।

यहि कारणले भिडियोहरु तथा फोटोहरु पोस्ट गर्नका लागि यूजर्सले समस्या भोगिरहेका हुन्छन् ।

अघिल्लो विहिवारदेखि इन्स्ट्राग्रामका यूजर्सले एप्समा पोर्टे्टका साथसाथै ल्याण्डस्केप मोडमा पनि फोटोहरु तथा भिडियोहरु पोस्ट गर्न सक्नेछन् ।

easy care

प्रकाशित: १५ भाद्र २०७२, मंगलवार