अप्रिलीआ डोरसोडुरो बजारमा

Technology Khabar १५ भाद्र २०७२, मंगलवार

अप्रिलीआ डोरसोडुरो बजारमा

काठमाडौं ।

काठमाडौं, १५ भदौ । युरोपको चर्चित रेसिङ्ग बाईक ब्राण्ड अप्रिलीआको ७५० सिसि क्षमताको डोरसोडुरो ७५० एबिएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । अप्रिलीआलाई नेपाली बजारमा पहिलो पटक जे.एन. जे. इन्टरनेशनले करिब ६ महिना अघि ल्याएको हो ।

यो अप्रिलिआको पहिलो बिग बाईकको रुपमा नेपालमा भित्रिएको हो । यो मोटरसाइकलकोे बजार मुल्य २४ लाख रहेको छ । यो मोटरसाईकल मुख्यत स्पोर्टस बाइकको रुपमा परिचित भएता पनि स्पोर्टस र सुपर मोटार्डको कम्बिनेशनमा तयार गरिएकोले यसलाई पिचरोड र अफरोड दुवैमा सजिलै कुदाउन सकिने छ । यसमा मोनोसक, डबल डिस्क रहेको छ भने पेट्रोल ट्यांक १२ लिटरको रहेको छ ।

यो मोटरसाइकल जस्तोसुकै चिप्लो बाटोमा पनि नचिप्लने र सोका लागी टायरको ग्रीपलाई मजबुत बनाउनको लागि छुट्टै मोडको व्यवस्था गरिएको छ । यो बाईकलाई रेसिंगका हस्ती भ्यालिन्टीनो रोसी, जर्ज लोरेन्जो, केसी स्टोनरले प्रयोग गरिसकेका छन् । अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा मेडल जितेको छ । जे एण्ड जे ले निकट भविष्यमानै अप्रिलिआ आरएस ४ १२५ नामक मोटरसाईकल ल्याइने कम्पनीका सञ्चालक निपेन श्रेष्ठले जानकारी दिनुभयो साथै निकट भविष्यमा नेपाली उपभोक्ताको माग र चाहनालाई ध्यानमा राख्दै अप्रिलीआ ब्राण्डका अन्य मोडलहरु पनि बजारमा ल्याईने श्रेष्ठले बताउनुभयो ।

जे एण्ड जे इन्टरनेशनल छोटो समयमानै नेपाली बजारमा १२५ सिसि देखि १२०० सिसि क्षमताको मोटरसाईकल तथा स्कुटर समेत विक्रि वितरण गरी टु ह्वीलर कम्पनी मध्येमा एक ससक्त कम्पनीको रुपमा देखा परेको छ । कम्पनीले यस अघि अप्रिलीआ ब्राण्डको २ वटा मोडल नेपाली बजारमा ल्याएको थियो । जसमा एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो रहेको छ । यी बाइकहरु १५० सिसि क्षमताको रहेको छ । अप्रिलीआ बाईक सन् १९०५ देखि विश्वप्रसिद्ध पिआजीओ ग्रुपले उत्पादन गर्दै आएको छ ।

Global Bank
easy care

प्रकाशित: १५ भाद्र २०७२, मंगलवार

ताजा समाचार