शिओमीको कर्ब्ड स्मार्टफोन आउँदै, ग्यालेक्सी एस सिक्स एज जस्तै दुबैतिर कर्ब्ड स्क्रीन

Technology Khabar १४ भाद्र २०७२, सोमबार

शिओमीको कर्ब्ड स्मार्टफोन आउँदै, ग्यालेक्सी एस सिक्स एज जस्तै दुबैतिर कर्ब्ड स्क्रीन

काठमाडौं ।

काठमाडौं, १४ भदौ । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमीले छिटै कर्ब्ड स्क्रीनसहितको स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । चीनियाँ कम्पनीको नयाँ स्मार्टफोनको बारेमा लीक भएको समाचारअनुसार कम्पनीले मिडरेन्जको स्मार्टफोन एमआई फोर आईको राम्रो बजार प्रतिकृयापछि नयाँ फ्ल्यागशिपमा काम गरिरहेको छ ।

सार्वजनिक भएका समाचारअनुसार कम्पनीको यो स्मार्टफोनमा सामसुंगको ग्यालेक्सी एस सिक्स एजको जस्तै दुबैतिर कर्ब्ड स्क्रीन प्रयोग हुनेछ । कम्पनीले कर्ब्ड स्क्रीनसहितको स्मार्टफोनको नाम शिओमी एमआई एज वा एमआई आर्क (Mi Edge/Mi arch) हुनसक्ने बताईएको छ ।

रिपोर्टका अनुसार यो स्मार्टफोन सामसुंगको एस सिक्स एज (S6 Edge) को डिजाइन जस्तै हुनेछ । यो स्मार्टफोनमा ५.२ इन्चको कर्ब्ड स्क्रीन हुनेछ, जसको क्षमता टूके (2K) रिजोल्यूशन हुनेछ । यसको डिस्प्ले जापानी कम्पनी शार्पले बनाएको हो । xiaomi-mi-edge-leaked

लीक भएको जानकारी अनुसार शिओमीको नयाँ स्मार्टफोनमा स्न्यापड्यागन ८०८ हेक्साकोर चीपसेट तथा एड्रीनो ४१८ जीपीयू राखिनेछ । यो फोनमा ३ जीबी वा ४ जीबीको र्याम हुनसक्नेछ । यसका साथै यो स्मार्टफोनमा फिंगरप्रीन्ट सेन्सर फीचर पनि हुनेछ ।

शिओमीको कर्ब्ड फोनमा १६ मेगापिक्सेलको रियर क्यामरा हुनसक्ने बताईएको छ ।

लीक भएको जानकारीअनुसार कम्पनीले यो स्मार्टफोन अक्टुबरमा लन्च गर्न सक्नेछ भने यसको मूल्य २५०० यूआन अर्थात करिब ४२५०० रुपैंया हुनेछ ।

Sajilo Visa

प्रकाशित: १४ भाद्र २०७२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

गुगल म्यासेजले उपयोगी विकल्प ल्याउँदै

  • Technology Khabar
  • २ जेष्ठ २०८२, शुक्रबार