१ लाख २७ हजार रुपैंया पर्ने एलजीको ‘लक्जरी’ स्मार्टवाच

Technology Khabar १४ भाद्र २०७२, सोमबार

१ लाख २७ हजार रुपैंया पर्ने एलजीको ‘लक्जरी’ स्मार्टवाच
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १४ भदौ । एलजीले नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । कोरियाली कम्पनी एलजीले २३ क्यारेट गोल्डजडित स्मार्टवाच सार्वजनिक गरेको हो । कम्पनीले सोमबार स्पेशल एडिशनअन्तरगतको एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारीत स्मार्टवाच सार्वजनिक गरेको हो ।

कम्पनीले यो स्मार्टफोन एलजी वाच अर्वान लक्जे (LG Watch Urbane Luxe) नाममा सार्वजनिक गरेको हो । यो स्मार्टवाच अमेरिकी कम्पनी रीड्स ज्वेलर्ससँगको सहकार्यमा बनाएको हो ।lg-watch-urbane

कम्पनीका अनुसार २३ क्यारेट गोल्ड प्लेटेड बडि २४ क्यारेट गोल्ड भन्दा निकै कडा हुन्छ साथै यो १८ क्यारेट गोल्डभन्दा अधिक भारी हुन्छ ।

एलजीको यो स्मार्टवाच केवल अमेरिकामा मात्र प्री-अर्डरका लागि उपलब्ध हुनेछ । कम्पनीकाअनुसार एलजी जाच अर्वान लक्जे स्मार्टवाच केबल ५०० वटा लिमिटेड एडिशन मात्र बनाईएको छ । यसको हरेक स्मार्टवाचमा फरक फरक सिरियल नम्बर दिईएको छ । यो स्मार्टफोन अक्टोबरको अन्तिमदेखि मात्र खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।watch-urbane-lifestyle

कम्पनीकाअनुसार यो स्मार्टफोन छिटै अन्य मुलुकमा पनि बिक्रीका लागि उपलब्ध गराईनेछ । यो स्मार्टवाच एलजीले बर्लिनमा हुन लागेको आईएफए २०१५ इभेन्ट (IFA 2015 event) मा पनि प्रदर्शन गरिनेछ । यो स्मार्टफोनमा यहि सिरिजका अन्य स्मार्टफोनहरुमा भएको टेक्निकल स्पेशिफीकेशन जस्तै रहेको छ ।

एलजीको यो स्मार्टवाच लक्जरी वेयरेबल डिभाइसको रुपमा आउन लागेको हो । यो स्मार्टवाचको मूल्य १२०० अमेरिकी डलर अर्थात १ लाख २७ हजार २ सय रुपैंया (आजको दरमा) पर्नेछ ।

Sajilo Visa

प्रकाशित: १४ भाद्र २०७२, सोमबार

तपाइको प्रतिक्रिया