Technology Khabar १४ भाद्र २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, १४ भदौ । भारतीय स्मार्टफोन मेकर कम्पनी इन्टेक्सले आफ्नो फोरजी सपोर्ट स्मार्टफोन रेन्जमा नयाँ हेडसेट एक्वा टर्बो फोरजी लन्च गरेको छ । इन्टेक्सको यो फोन रिटेल तथा अनलाईन स्टोरमा बिक्रीका लागि उपलब्ध छ ।
फोरजी एलटिईमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ ।
यो क्यामेरामा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । एन्ड्रोयड ललीपप अपरेटिंग सिष्टममा आधारीत यो स्मार्टफोनमा १ गीगाहर्जको क्वाडकोर मिडिया टेक एमटि ६७३५ प्रोसेसर राखिएको छ ।
एक्वा टर्बो फोरजी स्मार्टफोनमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल मेमोरी राखिएको छ, जसलाई एसडी कार्डद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।
कनेक्टिभिटीका लागि यो स्मार्टफोनमा फोरजी एलटिई सपोर्टका साथै वाईफाई हटस्पट, जीपीएस, जीपीआरएस, थ्रीजी, ब्लूटूथ, माइक्रो यूएसबीलगायतका सुविधा रहेका छन् ।
इन्टेक्सको एक्वा टर्बो फोरजी स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्री राखिएको छ, जसको मूल्य भारतीय बजारमा ७,४४४ भारु राखिएको छ ।
प्रकाशित: १४ भाद्र २०७२, सोमबार